१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

डा. कोइरालाको पहलमा फिरोज राजनीतिमा पुनःसक्रिय

Logo
दिनेश खड्का

विराटनगर, पुष १२
फिरोज साह मोरङ क्षेत्र नं ५ बाट प्रतिनिधिसभाको लागी गत ७९को निर्वाचनमा उठेका एक स्वतन्त्र उम्मेदवार हुन् । उनी निर्वाचन अघि का‍ंग्रेसमा रहि सक्रिय राजनीति गरिरहेका थिए । नेपाली कांग्रेसमा आफ्नो जिवनको १८ वर्ष फिरोजले बिताईसकेका छन् । ७९ को निर्वाचनमा पार्टिले कतैको पनि टिकट नदिएपछि उनी आफ्नै क्षेत्रमा स्वतन्त्र उठे ।

स्वतन्त्र उठेका साह ७९को निर्वाचनमा हारे । विद्रोह गर्नु मात्र आफ्नो उद्देश्य रहेकाले हारे पनि आफुले उम्मेदवारी दिएर उद्देश्य प्राप्त गरेको फिरोजको भनाई छ । चुनावपछि साह स्वतन्त्र रहेर समाजसेवा र राजनीति गर्ने निधोमा पुगे ।
एकवर्षसम्म स्वतन्त्ररुपमा राजनीतिक तथा समाजिक कार्यमा फिरोज लागीरहे । त्यसपछि उनको एकाएक कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालासँग भेट भयो, १८ वर्षसम्म काग्रेस भनेर हिडेको मान्छे, राजनीतिकरुपमा टुहुरो भएर हिडेको देखेर फिरोजको हात कोईरालाले समाउने निधो गरे । अब फिरोजलाई गहन जिम्मेवारी दिएर पार्टीको कार्यमा सक्रिय बनाउने डा.कोईरालाको तयारी छ ।

नेता कोइरालाको यो कदमले फिरोज पुन पार्टीगत राजनीति गर्नतर्फ उत्साहित बनेका छन् । कोईरालासँग भेटेपछि फेरि पनि पार्टीको लागी केही गर्ने जोशजागर ब्यूइतिएको फिराज सुनाउँछन् । पार्टिले जिम्मेवारी दिएकाे खण्डमा थप उर्जाका साथ राजनीतिमा होमिने फिराेजले डा.काेईराला सामु प्रतिबद्धता समेत व्यक्त गरेका छन्। डा. काेईरालाई भेटेपछि फिराेजले  पार्टीगत क्रयाकलाप भने शुरु गरिसकेका छन् ।
डा.कोईराला पछिल्लो समय काग्रेसबाट बिरक्तिएकालाई उपयुक्त जिम्मेवारी दिलाई पार्टिमा फर्काउने अभियानमा होमिएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]