११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

एमपिएलकाे पुर्वसन्ध्यामा विराटनगरमा वृहत बाईक र्‍याली

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन १५ । बुधबारबाट विराटनगरमा शुरुहुन लागेकाे मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियाेगिताकाे पुर्वसन्ध्यामा वृहत माेटरसाईकल र्‍याली निकालिएकाे छ। मंगलबार आयाेजक नेपाल अग्रवाल युवा मञ्चले निकालेकाे उक्त र्‍यालीमा ५० भन्दाबढी माेटरसाईकलकाे सहभागीता रहेकाे थियाे । र्‍यालीकाे अग्रपंक्तीमा एमपिएलकाे कप समेत प्रदर्शनी गरिएकाे थियाे । विभिन्न टिमकाे जर्सि पहिरीएका सहभागीहरुले एमपिएलकाे ब्यानर र भण्डा  र्‍यालीमा प्रदर्शन गरेका थिए ।
विराटनगर २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा बुधबारदेखि १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । विराटनगरमा एमपिएलकाे वृहत प्रचारप्रसारकाे लागी एमपिएलकाे पुर्वसन्ध्यामा मोटरसाइकल र्‍याली निकालिएको आयोजक समितिका चेयरमेन अभिषेक केडियाले जानकारी गराएका छन् । विराटनगरको मारवाडी सेवा सदनबाट शुरु भएकाे मोटरसाइकल र्‍याली नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गर्दै क्रिकेट प्रतियोगिता आयोजना स्थलमा पुगेर समापन भएको थियो ।

बुधबार रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले बिहान ७ बजे एमपिएलकाे उद्घाटन गर्ने कायक्रम तय भएकाे छ । शनिबारसम्म चल्ने प्रतियोगितामा ५ टिमको सहभागिता रहेका छन् ।
मंगलबार मोटरसाइकल र्‍यालीमा नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष मनिष अग्रवाल, प्रतियोगिता आयोजक समितिका चेयरमेन अभिषेक केडिया, मुख्य संयोजक चेतन अग्रवाल, संयोजक अंकुर कनोडिया, संयोजक निशान्त अग्रवाल, स्पोन्सर राजेश बगडिया, राजनैतिक एवं समाजसेवी पवन सुराना लगायत १ हजार भन्दा बढि सर्वसाधारणको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]