०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराट गोल्डकप चैत १५ गतेबाट

Logo
जनचर्चा संवाददाता

विराटनगर , ७ चैत्र ।   आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट आफैले गर्ने भएको हो । सहिद रंगशालमा मंगलबार पत्रकार सम्मेलन गरी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

विराटनगरको इज्जत र प्रतिष्ठासँग जोडिएको यति ठूलो प्रतियोगिता आयोजना गर्न सधैं निजी क्षेत्रका उद्योगी व्यवसायीलाई संयोजक तोकेर प्रतियोगिता गरिनुपर्ने बाध्यता थियो । बारम्बार निजी क्षेत्रकै पहल र सक्रियतामा प्रतियोगिता हुँदै आएको थियो । यस वर्ष गोल्डकप ट्रष्ट आफैले प्रतियोगिता गर्दैछ ।

प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि हुने विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । गोल्डकपमा भारत कोलकत्ताको साउथर्न समिति फुटबल क्लब, भारत सिक्किमको सिक्किम ड्रागन फुटबल क्लब, भुटान थिम्फुको आर. टि.सी क्बल सहभागि हुँदैछ । नेपालका तीन विभागीय टिम नेपाल पुलिस, त्रिभूवन आर्मी, एपीएफ आउनेछन् । यसैगरी यस वर्षको लिग बिजेता टिम चर्च व्याइज फुटबल क्लब, ‘ए’ डिभिजन टिमहरु मच्छिन्द्र, एनआरटी क्बलको सहभागि हुने छ ।
गोल्डकप ट्रष्टले गत वर्षको भन्दा यस वर्षको पुरस्कार राशी झण्डै आधा घटाएको छ ।

बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको बिजतालाई नगद २० लाख १५ हजार र उपबिजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । यो वर्ष बिजेतालाई ९ लाखा १५ हजार र उपबिजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशी घटाएको हो । गत वर्षको गोल्डकपमा आयोजकलाई ८७ लाख १ हजार ४८ रुपैयाँ घाटा भएको थियो ।  यस वर्ष पुरस्कार राशी घटाउन बाध्य हुनु परेको हो,’ ट्रष्टका अध्यक्ष शाहीले भने ।
उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ण खेलाडीलार्य मोटरसाइकल दिने आयोजकले बताएको छ ।

साझको ६ बजे बजेदेखि सुरू हुने गोल्डकपको २, ३ र ५ सय रूपैयाँ टिकक रहेको छ । ‘फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन गोल्डकप हुने भएकोले खेल रोमान्चित बन्नेछ,’ अध्यक्ष शाहीले भने, ‘प्रतियोगिता सम्पन्न गर्दा १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ हुनेछ ।’ गतवर्षको सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जित्दा पाहुना टोली भारत केरलाको लुका सकर क्लब उपबिजेत बनेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]