०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरमा पास कल्चरको अन्त्य, टिकट काटेर गोल्डकप हेर्दै भिआईपीहरु

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत १९ ।  यसपटकको विराट गोल्डकपबाट विराटनगरमा पास कल्चरको अन्त्य भएको छ । गोल्डकप आयोजकको अठोट र विराटनगरका प्रतिष्ठित व्यक्तित्व एवं नागरिक समाजको अगुवाईमा विराटनगरमा पास कल्चर अन्त्य भएको हो ।
पास कल्चरको अन्त्य गर्नमा विराट गोल्डकप आयोजक टोलीको महोत्वपुर्ण भुमिका रहेको छ । विराटनगरमा प्रायः कुनै पनि कार्यक्रम हुँदा पहुचवालाहरुको लगी छुट्टै पास बनाईदिनु पर्ने पराम्परा थियो । प्राभाव र दावावमा आयोजकले पनि पहुचवाला र उनका परिवार एवं चेलाचपेटाका लागी पास बनाईदिनुपर्ने बाध्यता थियो ।

तर यसपटकको विराट गोल्डकपको आयोजक टोली निडर निस्किए । उनीहरु कसैसँग डराएनन् । अन्ततः यसपटकको गोल्डकपमा भिआईपी पास नै बनेन । राज्यले तोकेको विशिष्ट व्यक्तिलाई आयोजकले आफै ईन्ट्रि गराउने तर पास कसैलाई पनि नदिने निर्णय गरे ।
विराटगरका विशिष्टहरु पनि कम निस्किएनन् । पास कल्चरलाई समाप्त पार्न उनीहरुले सहकार्य गरे । गोल्डकपको तेस्रो दिन कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की आफै टिकट काटेर गोल्डकप हेर्न गए । उनले यसभन्दा अघि विराटनगरमा आयोजना भएको व्यापारिक एक्स्पोहरुमा पनि पास लिएका थिएनन् । त्यसवेला पनि उनले टिकेट काटेरै मेला अवलोकन गरेका थिए । पछिल्लो समय मुख्यमन्त्री कार्कीे पास कल्चरलाई अन्त्य गर्न जुनसुकै कार्यक्रममा पनि टिकट काटेरै जाने गरेका छन् ।

त्यस्तै कोसीका सासंद भिम पराजुली पनि कांग्रेसी लाभालस्कर लिएर आईतबार गोल्डकप हेर्नपुगे । उनले आफुसहित सम्पुर्ण टोलीको टिकट काटेरै म्याच हेरे ।  विराटनगर कांग्रेसका पुर्व कार्यवाहक सभापति अरुण न्याैपाने, युवा नेताद्वय प्रविण जाेशी , विनायक पन्त  लागयतका नेता गणकाे टाेली पराजुलीसँग म्याच हर्न पुगेका थिए। लोकप्रिय नेताको छवि बनाएका पराजुलीले आईतबारको खेल दर्शकदिर्घामा बसेर हेरेका थिए ।


त्यस्तै कोशी प्रदेशकाे आर्का सासंद एवं प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई जिवन अर्चायले पनि टिकट काटेरै यस पटकको गोल्डकप हेरेका छन् ।
धमाधम टिकट काटेर फुटबल हेर्न पुगेपछि आलोचकहरुले नेताहरुको सो क्रियाकलापलाई सस्तो स्टण्टको संज्ञा दिएका छन् । उता, राम्रो काम गर्दा स्टण्ट हुन्छ भने सबै नेताले बढीभन्दा बढी स्टण्ट गर्नुपर्ने पक्षधरहरुले कटाक्ष गरेका छन् ।
विराट गोल्डकपको दोस्रो दिन सांग्रिला मोरङलाई सर्पोट गर्न पुगेका उद्यमी पुण्य भट्टराईलाई आफुसँगै विना टिकट ईन्ट्री गर्न आयोजकका सदस्यहरुले ढिपी गरेपनि उनले टिकट काटेरै खेल हेरे । भट्टाई एउटा उदारण पात्र मात्र हुन्, समाजका प्रतिष्ठित धेरै व्यक्तिहरुले यस पटकको गोल्डकप टिकट काटेर दर्शकदिर्घामा बसेर हेरेका छन् ।
विराटनगरका सबै सचेत नागरिकले पास कल्चरको अन्त्यनै चाहेका छन् । तर केही पास भिरेरै ठुलो मान्छे हुईन्छ भन्ने ग्रसित मानसिकता बोकेर बसेका व्यक्तिहरु यसपटकको गोल्डकप ठुस्किएर फेसबुकमा हेरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]