०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

इलाममा टुङ्गो लागेन कांग्रेसको उम्मेदवार

Logo
जनचर्चा संवाददाता

काठमाडौं,२१ चैत । नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाउन आज पनि कार्यसम्पादन समिति बैठक बोलाएको छ । अरू दलले घरदैलो थाल्दा कांग्रेसलाई उम्मेदवार छान्न महाभारतनै भएको छ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा आज टुङ्गो लगाउने कांग्रेसको तयारी छ ।

यसअघि मंगलबार साँझ बसेको कार्यसम्पादन समितिको बैठकमा इलाम-२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा उम्मेदवार चयनमा सभापति शेरबहादुर देउवा र शेखर, गगन पक्षबिच सहमती हुन नसकेपछि उम्मेदवारको टुङ्गोबारे कुनै निर्णय लिइएको थिएन ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार सभापति देउवाले बैठकमा इलाम-२ मा डम्बर खड्का र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए । सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न नसकेको उनको भनाई छ ।

नेता कोइराला र थापाले इलाम-२ मा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने मत राखेका थिए । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेले गरेको इलाम-२ को अध्ययन रिपोर्टमा खड्कालाई उम्मेदवार बनाउन उपयुक्त हुने आशय व्यक्त गरेका थिए ।

उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको विश्वकर्माले जानकारी दिए। उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारका बारेमा छलफल गर्न सोमबार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुको छलफल भएको थियो ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेद्वार मनोनयनपत्र दर्ताको समय तोकेको छ । नेपाल कम्युनिष्ट पार्टी -एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा लगायतले पार्टीको उम्मेदवार तय गरिसकेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]