२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

कर्णालीमा मुख्यमन्त्री शर्माद्वारा राजीनामा

Logo
जनचर्चा संवाददाता

काठमान्डौं,२१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् । उनले भने ‘पछिल्लो राजनीतिक परिस्थितिमा कर्णालीको मुख्यमन्त्रीमा रहिरहन उपयुक्त नदेखिएपछि पदबाट राजीनामा दिने निर्णय गरेको कुरा जानकारी गराउँदछु ।’

फेरिएको सत्ता समिकरणमा मुख्यमन्त्री एमालेले पाउने सहमति भएको छ । तीन दिन बित्न लाग्दा समेत शीर्ष तहको निर्णय मान्न उनी तयार देखिएका थिएनन् । तर, अन्ततः उनी सहमत भए । ४० सदस्यीय प्रदेश सभामा प्रतिपक्षी कांग्रेस १४ सिटसहित पहिलो दल रहेको छ । माओवादी १३, एमाले सभामुखसहित १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकरएक सदस्य रहेका छन् । शर्मा माओवादी केन्द्रका संसदीय दलका नेता हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]