१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मच्छिन्द्र विराट गोल्डकपकाे फाइनलमा

Logo
जनचर्चा संवाददाता

विराटनगर,चैत २३। आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलाँगको उपाधि भिडन्त पक्का गरेको हो ।

अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्रका आयुष घलानले ९४ औं मिनेटमा निर्णाय गोल गरे । बैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टिमलाई फाइनलमा पु¥याए । हिसब थपलियाको ठाउँमा मनिष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए । निर्णायक गोल गर्ने आयुष प्लेयर अफ द म्याच पनि घोषित भए । उनले नगद ११ हजार पाए ।

हारपछि सिक्किमा प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरुको फिनिसिङ पक्ष कमजोर भएको कारणले सेमिफाइनलमा हार भएको बताए । ‘निर्धारित ९० मिनेटपछि थप गरिएको समयको अन्तिम एक मिनेट लेफसाइट कमजोर हुँदा गोल खानुपर्यो । त्यो हाम्रो कमजोरी पक्ष भयो,’ उनले भने, ‘अन्तिम समयमा आएर खेलाडीहरु समालिन नसक्दा पराजय भोग्नुपरो ।’
जितपछि पोस्ट म्याच कन्फ्रेन्समा मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएको कारणले दोस्रो हाफमा रणनीति परिवर्तन गरेर विपक्षीलाई दबाबमा राख्न सफल भएको बताए । ‘फिनिसिङ पक्ष हाम्रो सोचेजस्तो भएन । त्यसैले खेल लम्भिएर जितको लागि अतिरिक्त समयसम्म कुर्नुपर्यो । ’ फाइनलमा विमल घर्तीमगरलाई ल्याउने प्रयास जारी रहेको उनले बताए ।

अन्तिम सेमिफाइनल खेलमा दुवै टिमको फिनिसिङ पक्ष कमजोर रहयो । सिक्किमका खेलाडी आर्दश तामाङले खेल सुरु भएको नौं मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार बाहिरयो । २८ मिनेटमा सिक्किमका आर्दशले गरेको प्रहार बारमाथिबाट बाहिरिएको थियो । ३२ औं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी एनडे«सले डिबक्स भित्रबाट गरेको प्रहार सिक्किमका गोलकिपर प्रिसोले गोल हुनबाट बिफल पारिदिए । त्यसलगतै एनडे«सले गरेको प्रहार फ्रेममा पर्न सकेन ।

पहिलो हाफको अतिरिक्त समयमा मनिष श्रेष्ठले दिएको लामो प्रहार हिसुप थपिलियाको प्रहार सिक्किम गोलकिपर प्रिसोले उत्कृष्ट बचाए र पहिलो हाफमा मच्छिन्द्रले अग्रता लिने अवसर चुकाए । पहिलो हाफममा दुवै टिमको गोलरहित खेल बराबारी भयो ।
५२ औं मिनेटमा मिच्छिन्द्रका एनडे«सको प्रहार बाहिरियो । मच्छिन्द्रका आयुष घलानले ७८ आंै मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार सिक्किमका गोलकिपर प्रिसोले बिफल पारिदिए । मच्छिन्द्रका विदेशी खेलाडी ओमालाजा करिमले ८५ औं मिनेटमा डिबक्स भित्रबाट गरेको उत्कृष्ट हेडिङ बारमाथिबाट बाहिरिएको थियो । ८९ औं मिनेटमा सिक्किमका आर्दशले डिफेन्डरलाई क्रस गरेर निकालेको बल पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिदा गोलको अवसर चुकेको थियो ।
गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]