०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
Logo
जनचर्चा संवाददाता

काठमाडौं २७ चैत
राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष लिङदेन स्वंले निषेधित घेरा तोडेका छन् । यसैबीचमा अध्यक्ष लिङदेनलाई प्रहरीले धक्कामुक्का पनि गरेको देखियो । तथापि अध्यक्ष लिङदेनले नेपाल सरकारलाई कडा चेतावनी दिएका छन् । उनले भनेका छन् , राप्रपाले प्रस्तुत गरेको ४० बुँदे माग बमोजिम यदि सरकार मान्न तयार भएन भने परिणाम घातक हुनसक्छ । अव हामी चुप लागेर बस्दैनौ ।

आन्दोलन वार की पारनै हुन्छ । यता काठमाडौंमा देशभरबाट लाखौंको संख्यामा राप्रपाका कार्यकर्ताहरु एकदिन अगाडीनै आएर विभिन्न ठाउँमा बसिसकेका थिँए । मंगलवार राजधानी केन्द्रित शुरुवाती आन्दोलनका क्रममा विभिन्न ठाउँबाट ठूलो संख्यामा जुलुस निकाली निषेधित क्षेत्र तोडिएको अवस्था थियो ।

यसैबीचमा प्रहरीले पानीको फोहोरा , लाठीचार्ज गरी दर्जनौं कार्यकर्तालाई घाइते बनाएको छ । केहीलाई पक्राउ पनि प्रहरीले गरेको छ । यता गृहमन्त्रीको राजीनामा पनि मागिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]