०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

वीरगंजमा एक छात्रामाथि एसिड प्रहार

एक पक्राउ, एक फरार
Logo

वीरगंज, भाद्र २०
वीरगंजमा एक छात्रा माथि एसिड प्रहार भएको छ । स्थानीय त्रिभुवन हनुमान मावी कक्षा ९ मा पढ्ने छाप्कैयाकी मुस्कान खातुनमाथि दुई युवाहरुले एसिड प्रहार गरेको खुल्न आएको छ ।

संसाद आलम

शुक्रवार विद्यालय जाने क्रममा बिहानको करिब साढे ६ बजे ति युवाहरुले मस्कानमाथि एसिड प्रहार गरेका थिए ।
एसिड प्रहारबाट गम्भीर घाइते भएकी मुस्कानको हाल वीरगन्ज स्थित नारायण अस्पतालमा उपचार भईरहेको छ । युवक द्वयले मुस्कानको छाति, हात र मुखमा एसिड प्रहार गरी फरार भएका थिए । मुस्कानको एसिड प्रहारबाट शरीरको एकतर्फको भाग पुरै जलेको छ ।

एसिड प्रहार गर्ने मुख्य व्यक्ति १६ वर्षिय संसाद आलमलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । संसादका सहयोगी १७ वर्षिय माजिद आलम भने फरार छन् । फरार मजिदको भने खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएकोे छ ।
घटनामा संलग्न दुबै युवा पिडितका छिमेकी रहेको पिडितका आफन्तजनले बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]