०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा बढ्यो भिडियो गेमको आकर्षण, हाईडआउटमा गेम खेल्नेको लर्को

Logo
निराज बस्नेत र दिनेश खड्का

विराटनगर, वैशाख ५ । विराटनगरको आधुनिक भिडियो गेम पार्लर हाईडआउट गेमीङ जोनमा बालबालिका तथा किशोर–किशोरीहरुको आकर्षण बढेको छ । कञ्चनवारीको एयरपोर्ट रोड नहरपारी रहेको सो भिडियो गेम पार्लरमा भिडियो गेम खेल्नेको शंख्या दिनदिनै बढ्दै गएको संचालक अमुल आचार्य बताउँछन् । हाईडआउटमा दैनिक ४० जनासम्मले गेम खेल्ने र  दैनिक ८ घण्टसम्म भिडियाे गेमहरु अकुपाईड रहने आचार्यकाे भनाई छ । विशुद्ध भिडियो गेमिङको लागी विराटनगरको यो एक मात्र पार्लर हो ।

यस गेम पार्लरमा ७ वटा गेमहरु राखिएको छ । जसमा फीफा, जिटिए, टेकन, स्याडो आफ दि वार आदि रहेका छन् । हाललाई २ वाट प्ले स्टेशनमा पार्लरले गेमिङ गराईरहेको छ । पहिलो प्लेस्टेशनमा ५५ इन्चको स्क्रिन राखिएको छ भने आर्कोमा ४३ ईन्चको स्क्रिन छ । पार्लरको क्षेत्रफल करिब ७०० वर्गफिटको रहेको छ । निकट भविष्यमै थप ५ वटा प्लेस्टेशन, एक दर्जनबढी गेम र पार्लरको क्षेत्रफलपनि बढाउने संचालक आर्चायको योजना छ ।

हाईडआउटमा हाललाई न्युनत्तम १ रुपैयाँ प्रति मिनेटमा एक व्यक्तिले जुनसुकै गेमको पनि मज्जा लिन सक्नेछ । यँहा फुटबल लगाएतका खेलहरु एकैपटकमा ४ जनासम्मले खेल्नसक्ने व्यवास्था मिलाईएको छ । पारिवारिक वातावरण रहेको सो पार्लरमा किशोर किशोरीका साथै अभिभावकले समेत आफ्नो बालबालिककालाई भिडियो गेम खेलाउन ल्याउने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]