३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

नेपालकै सबैभन्दा सस्ताे सेकुवा विराटनगरमा

Logo
निरज बस्नेत प्रकाशित आइतबार, बैशाख ०९, २०८१

विराटनगर , बैशाख ९ 
विराटनगरमा सस्तो अनि मिठो मटन सेकुवाको खोजीमा हुनुहुन्छ ? यदि हो भने, कहाँ जाने त ? जाने चाँही, विराटनगरको रेन्बाे-गल्लीमा रहेको “द हेभेन क्याफे एण्ड बार” मा नै हो । यँहा खसीको सेकुवा रु ३०० प्रति प्लेटमा उपलब्ध भइरहेको छ । सो कुराको जानकारी यस द हेभेन बारका संचालक अमित कर्णले दिएका छन् । गत सतादेखि  संचालनमा आएकाे साे रेष्टुरेण्टले ओपनिङ्ग अफरमा देशकै सबैभन्दा सस्ताे रेटमा खसीकाे सेकुवा उपलब्ध गराईरहेकाे संचालककाे दावी छ । याे अफर केही महिनासम्म जारी राख्ने समेत रेष्टुरेण्टकाे याेजना छ।

संचालक कर्णले सेकुवा हवकै रुपमा “द हेभेन बार” लाई लगिने जानकारी पनि गराएँ । यँँहाकाे सेकुवाकाे स्वाद अथन्टिक, सामाग्री गुणस्तरीय र दर अतिनै सुलभ रहेकाे ग्राहक स्वयमले प्रतिक्रिया दिने गरेका छन् । एक पटक यँहा आएका ग्राहक आर्काे पटक आउँदा नँया साथी वा ग्रुपनै लिएर आउने गरेका छन् । संचालक कर्ण भन्छन् “पक्कै पनि सस्ताे मात्र हाेइन यँहाका परिकार स्वादिष्ट पनि छन् त्यही भएर ग्राहक फर्की  फर्की आउने गरेका छन् । यदी सस्ताे मात्र भएर स्वादिष्ट हुन्थेन भने ग्राहकहरु फर्कि फर्की आउने थिएनन्।”

द हेभनमा  चिकन वाेइल, फ्राई, राेष्ट, ड्रमस्टिक, ललिपप, क्रष्पि, छाेइला, चिल्ली, बाेनलेस, सेकुवा आदि पाईने गरेकाे छ। मटनकाे सकुवा लगाएत  विविध परिकार पनि यँहा उपलब्ध छ । त्यस्तै मम, फ्राईज, आलु जिरा, सुइट कर्न, पनिरका विविध परिकार, पिज्जा, बर्गर आदी पनि हेभनमा राखिएकाे छ । पियपदार्थमा हर्ड र सफ्ड दुवै प्रकारकाे ड्रिंक र हुक्का समेत राखिएकाे छ ।  थप केही परिकारहरु आफ्नाे फुड मेन्युमा थप्ने साे रेष्टुरेण्टकाे तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]