०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विश्वासको मत नलिने अडानमा कोशीका मुख्यमन्त्री

Logo
जनचर्चा संवाददाता

विराटनगर,१९ बैशाख ।  कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नलिने अडान दोहोर्याएका छन् ।

मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर प्रदेश सभाबाट पारित संकल्प प्रस्तावकै आधारमा आफूले विश्वासको मत लिनुनपर्ने जिकिर गरेका हुन् । गत चैत २६ गते नेकपा एमाले र माओवादी केनद्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका छन् ।

कार्कीले वैशाख २५ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर, उनले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएको भन्दै विश्वासको मत लिनुनपर्ने अडानमा छन् । कार्कीले विश्वासको मत नलिने अडान लिएपछि गत साता एमाले र माओवादीले प्रदेश सभाको विशेष अधिवेशनमार्फत संकल्प प्रस्ताव पारित गरेका थिए । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक र किशोरचन्द्र दुलाल र गणेशप्रसाद उप्रेती समर्थक रहेको सो प्रस्ताव बहुमतले पारित भएको थियो । संकल्प प्रस्ताव पारित भएपछि प्रदेश सभाले कार्कीलाई विश्वासको मत लिने निर्देशन दिएको थियो । तर, कार्कीले संविधानिक व्यवस्था धारा १६८ को उपधारा ५लाई देखाउदै निर्देशन नमान्ने बताउँदै आएका छन् ।

वैशाख २५ गतेसम्म विश्वासको मत नलिने उनलाई सोही दिन स्वत पदमुक्त गरेर एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको तयारी छ । सो बारे जानकारी पाएपछि मुख्यमन्त्री कार्कीले मंगलबार प्रदेश प्रमुखलाई पत्र बुझाउँदै असंवैधानिक काम नगर्न सचेत गराएका छन् । केदार कार्की पक्षधरहरुले संविधानकाे धारा १६८ को उपधारा ५ अनुसार  “याे सरकारलाई निरन्तरता दिनु अवथा मध्यावदीमा जनु” बाहेक अन्य कुनै विकल्प नरहेकाे भनी व्याख्या गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]