०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विदेशीहरुको प्रभावमा प्रधानमन्त्रीले समीकरण परिवर्तन गर्दै हिडेकाे : लिङ्देन

Logo
जनचर्चा संवाददाता

काठमान्डौं,२५ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन्।

आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको काठमाडौं जिल्ला भेलामा उनले विदेशीहरुको हस्तक्षेप बढेको बताए। उनले विदेशीहरुको दबाब र प्रभावमा प्रधानमन्त्रीले समीकरण परिवर्तन गर्दै हिडेको बताए।

उनले भने, ‘वर्तमान अवस्थामा कति बेला के हुन्छ, कतिबेला सत्ता परिवर्तन हुन्छ, भन्ने कुरा कसैलाई थाहा छैन्। नेपालको सरकार कस्तो हुनुपर्छ ? कुन पार्टी मिलेर लड्नुपर्छ भन्ने कुरा समेत विदेशीले तय गर्न थाले, विदेशीहरुको दबाब प्रभावमा भई रहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिड्छन भने देशको अवस्था के हुन्छ ? उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ। र सत्ता पनि मिलेर बाँकी रहेको देश लुट्नको लागि र कारबाहीबाट जोगिनका लागि मात्र काम भइरहेको छ। यस्तो प्रवृत्ति कहिलेसम्म देशले धान्न सक्छ। यो अवस्थाबाट देशलाई मुक्त गराउनु पर्छ।’

राजा आउने वित्तिकै विकास नभएपनि देशमा शान्ति र स्थिायित्व कायम हुने भन्दै त्यसैको जगमा नेपालमा विकास र समृद्धिको अभियान चलाउन सजिलो हुने उनको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]