११ भाद्र २०८३, बिहिबार
27-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

गर्मी न्युनीकरणका लागी रेडक्रस र विराटनगर महानगरले “हिट एक्सन प्लान” बनाउने

Logo
जनचर्चा संवाददाता

विराटनगर२५ बैशाख । पछिल्लो समय तराइका क्षेत्रमा बढेको तापमान बृद्धीका विषयलाई लिएर चिन्ता व्यक्त गरिएको छ । मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर नेपाल रेडक्रस सोसाइटी र विराटनगर महानगरले हिट एक्सन प्लानको अवधारणा तय गरेको छ ।

कोशी प्रदेशमा विराटनगर महानगरलाई पहिलो प्राथमिकतामा राखेर यो प्लान ल्याइएको हो । विराटनगर महानगरका मेयर नागेश कोइरालाले मंगलबार यस कार्यक्रमको आधिकारिकरुपमा अगाडि वढेको बताएका छन् । तातो हावाले निम्त्याउने समस्यालाई समयमै नबुझे जटिल बन्दै जाने र भविष्यमा समेत गम्भिर असर पर्ने भन्दै कोइरालाले हिट एक्सन प्लान बनाएको बताए । यसका लागि सवै नगरवासीको सहयोग आवश्यक रहने औल्याए ।

, ‘मानव स्वास्थ्यमा हिटको असर के हुन्छ भनेर धेरै वटा देशले हिट एक्सन प्लान इन हेल्थ बनाइसकेका छन् । स्वास्थ्य क्षेत्रमा हिटको प्रभाव भनेर गाइडलाइन बनाएको पाइन्छ । विराटनगर महानगरले त्यो गाइडलाइनलाई पालना गर्नका लागि तदारुकता देखाएको छ । केही दिन अगाडि विराटनगरको तापक्रम झण्डै ४० देखी ४१ डिग्री मापन भएको थियो ।

कार्यक्रममा बोल्दै रेडक्रस कोशी प्रदेशका प्लानिङ अफिसर किरण सेढाईले तराईमा ४५ डिग्री तापक्रम सम्म दुई वा दुई दिन भन्दा बढी रह्यो भने रेड अलर्टतिर जाने र ४७ डिग्रीभन्दा माथि गए त्यो एक्स्ट्रिम हिटको अवस्था रहने हुदा यस्ता कुराहरुलाई ध्यान दिनुपर्ने बताए । उनले भने भारतका धेरै जसो भू भागमा गत साल ४७ डिग्री नाघेको थियो, यस वर्ष पनि नाघ्ने देखिन्छ । नेपालमा पनि त्यो सम्भावना नकार्न सकिँदैन । पहाडमा ३० डिग्री भन्दा बढी भयो भनेपनि त्यो हिट वेभ हो । ठाउँअनुसार थ्रेसहोल्ड हुन्छ । तापक्रम वृद्धि भयो, लू भयो भनेर मात्रै हुँदैन । यसलाई हामीले प्रभावमा आधारित पूर्वसूचनाको रूपमा पनि लैजानुपर्छ ।’

सेढाइले रेडक्रसले बनाएको नीति अनुरुप विराटनगर महानगर संग सहकार्य गरी विराटनगरमा हिट एक्सन प्लान बनाइएको बताए । विराटनगरमा हालैका दिनहरुमा देखिएको औशत तापक्रम विगत भन्दा बढीनै रहेको र आगामि दिनहरु अझ जटिल हुने हुदा यो कामको थालनी भएको बताए ।

यस्तै रेडक्रस मोरङका सभापति सुवोध कुमार सिंहले विपत पर्नु अगावै समस्या न्यूनिकरणका काम गर्न सकिने बताए । रेडक्रसले विराटनगर महानगर संग हिट एक्सन प्लान वनाउन पाउदा खुसी भएको प्रतिक्रिया दिए । उनले आगामी दिनहरुमा यस प्लान अन्तरगत समस्या न्यूनिकरणमा फलदायी कार्यक्रमहरु सम्पन्न हुनेमा आशावादी रहेको बताए ।

अत्याधिक तातो बढे के गर्ने त भन्ने विषयमा रेडक्रसले केही जनचेतनामूलक सन्देशहरु प्रवाह समेत गरेको छ ।

गर्मीबाट बच्न के गर्ने ? के नगर्ने ? 

घरमै बस्ने ।

बसेको स्थानमा चिसो अवस्था कायम गर्ने ।

मध्यान्ह ११ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिरि हिँडडुल कम गर्ने, गर्नैपरे, छातालगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने ।

गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिहरूले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने ।

गर्मीको प्रभाव न्यूनीकरण गर्न स्वास्थ्यचौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा राख्ने ।

स्वास्थ्यकर्मीरस्वास्थ्य स्वयंसेविकाहरूलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने ।

खानेकुरामा सावधानी अपनाउनेः जस्तै चिया कफीको ठाउँमा लस्सी, मोही, दही, पुँदिनाको रस, चामल पखालेको -चौलानी- खाने ।

प्रोटिनयुक्त खानेकुरा कम गर्नेरनखाने । जस्तैः दूध, माछा मासु आदि ।

लू बाट बच्ने घरेलु उपायः
घरबाहिर निस्किँदा छाताको प्रयोग गर्ने।

घाममा निस्किँदा टाउको छोप्ने कपडाको प्रयोग गर्ने ।

घरबाट बाहिर निस्कनु पर्‍यो भने चिसो पानी र चिसो सर्वत पिएर मात्रै निस्किने ।

गर्मीबाट हिँडेर आउने बित्तिकै तत्काल चिसो पानी नपिउने ।

गर्मी समयमा बारम्बार पानी पिइराख्ने ।

पानीमा कागती हालेर र नुन मिसाएर दिनमा तीन पटक जति पानी पिउने ।

गर्मीमा बाहिर जाँदा खाली पेट नहिँड्ने ।

गर्मीमा कम खाना खाने बानी बसाल्ने ।

खानामा दही अनिवार्य गर्ने ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]