०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

सत्ता समीकरण टुट्न दिदैनाैं : मुख्यमन्त्री कार्की

Logo
जनचर्चा संवाददाता

विराटनगर,५ जेठ/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अहिलेको गठबन्धनसहितको सत्ता समीकरण टुट्न नदिने बताएका छन्।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रमपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले अहिलेको सत्ता समीकरण आउँदो साढे तीन वर्ष र नयाँ निर्वाचनमा समेतसँगै अघि बढ्ने बताए।

उनले भने, ‘अहिलेको जुन सत्ता समीकरण बनेको छ। यो नयाँ शक्ति सन्तुलनको सुरुआत फागुन २१ बाट भएको छ। यसले आउँदो साढे ३ वर्ष र निर्वाचनपछि पनि हामीसँगै जान तयारी गरेका छौँ। यो समीकरण हामी टुट्न दिँदैनौँ।’

कार्कीले थपे, ‘अहिले शक्ति सन्तुलनमा जुन परिवर्तन भएको छ, त्यसमा सहभागी भएका राजनीतिक दलको समीकरणमा आउन चाहने दललाई केही ठाउँ राख्नुपर्छ भन्ने मान्यतामा राखेका हौँ। उहाँहरुसँगै संवाद गर्दै जानेछौँ। दल आए मन्त्रालय थप्ने छौँ।’

प्रदेश संरचनालाई स्थापित गर्नेबारे मुख्यमन्त्री कार्कीले सरकारको एजेण्डा नै संरचना स्थापना गर्नु रहेको बताए। उनले भने, ‘हाम्रो एजेण्डा नै प्रदेश संरचनालाई स्थापित गर्नु हो। सहमतीय बाटोबाहेक यसमा अर्को विकल्प छैन। सहमति भनेको मैले सबै खान्छु, तँ मलाई पछिपछि समर्थन गर् भन्ने सहमति चाहीँ हुँदैन। सबैको सहकार्य हुने गरी सहमति हुँदा सरकार तयार छ।’ एकीकृत समाजवादी पार्टीसँग दूरी बढाउने पक्षमा सरकार नरहेको उनले बताए।

यस्तै शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका छन् ।  विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाँचकर्ण राईले पाएका छन् ।

त्यस्तै पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बुर्जामगरले पाएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा भने मुख्यमन्त्री आफैँले राखेका छन् । राज्यमन्त्री सिर्जना राई र वन्दना झाँगडले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रीमण्डल विस्तारसँगै कार्की नेतृत्वको सरकार १० सदस्यीय पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]