१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सत्ता समीकरण टुट्न दिदैनाैं : मुख्यमन्त्री कार्की

Logo
जनचर्चा संवाददाता

विराटनगर,५ जेठ/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अहिलेको गठबन्धनसहितको सत्ता समीकरण टुट्न नदिने बताएका छन्।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रमपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले अहिलेको सत्ता समीकरण आउँदो साढे तीन वर्ष र नयाँ निर्वाचनमा समेतसँगै अघि बढ्ने बताए।

उनले भने, ‘अहिलेको जुन सत्ता समीकरण बनेको छ। यो नयाँ शक्ति सन्तुलनको सुरुआत फागुन २१ बाट भएको छ। यसले आउँदो साढे ३ वर्ष र निर्वाचनपछि पनि हामीसँगै जान तयारी गरेका छौँ। यो समीकरण हामी टुट्न दिँदैनौँ।’

कार्कीले थपे, ‘अहिले शक्ति सन्तुलनमा जुन परिवर्तन भएको छ, त्यसमा सहभागी भएका राजनीतिक दलको समीकरणमा आउन चाहने दललाई केही ठाउँ राख्नुपर्छ भन्ने मान्यतामा राखेका हौँ। उहाँहरुसँगै संवाद गर्दै जानेछौँ। दल आए मन्त्रालय थप्ने छौँ।’

प्रदेश संरचनालाई स्थापित गर्नेबारे मुख्यमन्त्री कार्कीले सरकारको एजेण्डा नै संरचना स्थापना गर्नु रहेको बताए। उनले भने, ‘हाम्रो एजेण्डा नै प्रदेश संरचनालाई स्थापित गर्नु हो। सहमतीय बाटोबाहेक यसमा अर्को विकल्प छैन। सहमति भनेको मैले सबै खान्छु, तँ मलाई पछिपछि समर्थन गर् भन्ने सहमति चाहीँ हुँदैन। सबैको सहकार्य हुने गरी सहमति हुँदा सरकार तयार छ।’ एकीकृत समाजवादी पार्टीसँग दूरी बढाउने पक्षमा सरकार नरहेको उनले बताए।

यस्तै शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका छन् ।  विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाँचकर्ण राईले पाएका छन् ।

त्यस्तै पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बुर्जामगरले पाएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा भने मुख्यमन्त्री आफैँले राखेका छन् । राज्यमन्त्री सिर्जना राई र वन्दना झाँगडले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रीमण्डल विस्तारसँगै कार्की नेतृत्वको सरकार १० सदस्यीय पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]