२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगर इस्कोनमा महाविष्णु स्वामीमहाराजको प्रवचन

Logo
जनचर्चा संवाददाता

विराटनगर,८ जेठ / अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) का प्रमुख श्रीमत् महाविष्णु स्वामीमहाराजलाई मंगलबार विराटनगरमा भव्य स्वागत गरिएको छ । इस्कोन नेपालको विराटनगर शाखाका सचिव भानुभक्त जोशी सहित पदाधिकारीहरूले स्वामीलाई स्वागत गर्नु भएको थियो ।

मंगलबार विराटनगर आइपुग्ुनु भएका स्वामीले विराटनगर, धरान र झापाको कार्यक्रममा सहभागिता जनाउनु हुने भएको छ । बेलायतमा जन्मिएका स्वामी महाराज सन् १९७७ देखि नेपालमा वैद्धिक सनातन तथा हिन्दु धर्मको संरक्षण, सम्वर्द्धन कार्यमा सक्रिय रहन्ु भएको छ । उहाँले मंगलबार मंगल आशिर्वाद र प्रवन गरेर भक्तहरुलाई सन्देश प्रवाह गर्नु भएको थियो । स्वामीको यो आगमनलाई पूर्व क्षेत्रमा अत्यन्तै श्रद्धापूर्वक हेरिएको छ ।

प्रवचन कार्यक्रममा बोल्दै स्वामीले कुनैपनि ज्ञान पूर्वीय र पश्चिमा नहुने र यसलाई अझ व्यापकता प्रदान गर्नुपर्ने बताउनु भयो । सनातन संस्कृति अत्यन्तै बलियो रहेको भन्दै उहाँले मानिसहरुलाई ज्ञान धारण गर्न आग्रह गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]