०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रेस युनियनकाे काेशी भेला सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर,११ जेठ/ नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेशले सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितासहित विभिन्न कार्यक्रम एव प्रदेश भेला सम्पन्न गरेको छ ।  दाैड प्रतियाेगितामा विराटनगरका कपलेश्वर यादव प्रथम भएका छन् । त्यस्तै विराटनगरकै अनन्तराम चौधरी द्वितीय र इलामका सुरेश भट्टराई तृतीय भए ।

त्यस्तै महिलातर्फ मोरङकी इन्दु साह प्रथम, ताप्लेजुङकी माला पालुङ्गा द्वितीय, तेह्रथुमकी जानुका नेपाल तृतीय भए । विजेता महिला पुरुष दुवैलाई बराबरी क्रमशः १० हजार, ५ हजार र ३ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।महेन्द्र चोकबाट सुरु भएको दौड बरगाछी उत्तरमा अवस्थित होटल मनास्लु ईनमा पुगेर समापन भएको थियो ।

दाैड प्रतियाेगिता पश्च्यात शुरु भएकाे प्रदेश भेलामा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा युनियनले ६ जना  पत्रकारलाई समेत सम्मान गरेको छ । नेपाली कांग्रेसका नेता एवम् संघीय सांसद डा. शेखर कोइराला, विराटनगरका मेयर नागेश कोइराला, युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले  पत्रकारहरु खोटाङका कृष्ण आचार्य, झापाका गोविन्दचन्द्र क्षेत्री, सुनसरीका गिरिराज आचार्य र हर्ष सुब्बा, मोरङका भारती उपाध्याय र दुर्गाप्रसाद खतिवडालाई सम्मान गरेका थिए ।

भेलामा १४ वटै जिल्ला शाखाका अध्यक्षहरुले महासंघ निर्वाचनको तयारी, युनियनको अवस्थालगायतका विषयमा जानकारी गराएका थिए । भेलामा युनियनका १४ वटै जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, युनियन र महासंघबाट केन्द्र, प्रदेशमा प्रतिनिधित्व गर्ने पदाधिकारी, सदस्य, सल्लाहकार समिति, परामर्श समितिलगायतको उपस्थिति रहेको महासचिव संजीव वाग्लेले जानकारी दिए ।

कार्यक्रममा प्रेस युनियन कोशी प्रदेशले स्थापना गरेको पत्रकार सामाजिक सुरक्षा र उपचार कोषको समेत औपचारिक घोषणा गरिएको थियो । सोही अवसरमा ‘प्रदेशको स्थायित्व र विकासमा सञ्चार क्षेत्रको भूमिका’ विषय विचार गोष्ठी पनि आयोजना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]