०८ आषाढ २०८३, सोमबार
22-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

मिस कोशीको फाइनलमा २६ प्रतिस्पर्धी भिड्दै

Logo
जनचर्चा संवाददाता

विराटनगर,असार १४। आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको फाइनलमा २६ जना प्रतिस्पर्धीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजनामा असारको अन्तिम साता हुने उक्त प्रतियोगिताको फाइनलमा २६ जना पुगेका हुन् ।

फाइनलमा गोर्खाकी सबिता भट्ट, मोरङ मिक्लाजुङकी रिया आचार्य, बेलबारीकी, हेखां चामलिगं राई, इटहरीकी एलिजा केशी, संस्कृती ओझा, स्वस्तिका राई, कल्पना सहनी, शुभ लक्ष्मी राई, बबिना मगर , कटहरीकी सन्जना कुमारी राजबंशी, भोजपुरकी आलिया राई, निकिता राइ रहेकी छिन् । यस्तै धरानकी रेशु राई, रोमिका राई, निशा हागंमा लिम्बु, इना खापुङ, जेनिफर राई, समिस्टा बि.क, करुना गजमेर रहेकी छिन् । यसैगरी बराहक्षेत्रकी सृजना थापा, विराटनगरकी गिता अधिकारी, जुम्लाकी कृती श्रेष्ठ, रतुवामाईकी निगम मोक्तान तामाङ, सिरहाकी सुजिता कुमारी साह, उर्लाबारकिी रोजिना खड्का र धनकुटाकी दृष्टी कार्की फाइनलमा पुगेकी छिन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुँदै आएको छ । आठौं संस्करणको मिस कोशी केही फरक र भव्य र सभ्य तरिकाले हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद १ लाख र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् ।
प्रतियोगिहरुले यसअघि ट्यालेन्ट शो पनि देखाएका छन् । उनीहरुले आफ्नो रुची अनुसारको प्रतिभा ट्यालेन्ट राउन्डमा देखाए । फाइनलमा पुगेका प्रतियोगिहरु अहिले बन्द प्रशिक्षणमा रहेका छन् । उनीहरुले बन्द प्रशिक्षणमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट फाइनलमा पुगेका प्रतियोगिहरुलाई प्रशिक्षण दिदै आएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]