०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा रु ५०० मै छानीछानी लुगा…

Logo
जनचर्चा संवाददाता

विराटनगर, भदाै ८  विराटनगर शिक्षादीप कलेज अगाडी रहेको ड्रेस रुम आउटलेटमा रु ५०० देखीनै अव छानीछानी लुगाहरु पाइने भएको छ । सो कुराको जानकारी ड्रेस रुमकी प्रोपाइटर रेजी शाहीले गराएकी छिन् । विराटनगर १० भुमी प्रशासन रोडमा औपचारिक रुपमा शनिवारबाट ड्रेस रुम खुलेको हो ।

द अल्टीमेट फेशन एक्सपिरियन्स स्लोगनसहितको यो पसलमा पूर्णतः लेडिज वेयर उपलब्ध रहने कुराको जानकारी ड्रेस वेयरकी प्रोप्राइटर रेजी शाहीले जानकारी पनि दिइन् । साथै यहाँस्थित पसलमा लेडिज वेयरका लेटेष्ट आइटम अनिवार्य रुपमा पाइने हुँदा पनि यो पसल अरुभन्दा भिन्नै अनि खास छ । उमेर समूहकै कुरा गर्दा १६ देखी ४० आसपासका सम्पूर्ण महिलाहरुका लागि यहाँ रोजेको खोजेको लुगाहरु समेत पाइने गरेको कुरा संचालिका शाहीले बताइन् ।

बजारमा चलेको मूल्यभन्दा सस्तो , राम्रो अनि टिकाउ भरपर्दोको लागि ड्रेस रुमनै सवैभन्दा उत्तम रहेको संचालिका शाहीेले जानकारी गराइन् । ड्रेस रुम नजिकमा विराटनगरका चल्तीका कलेजहरु ,शिक्षा दीप , सगरमाथा , अरनिको , कान्तिपुर , ग्रीनल्याण्ड लगायतका भएकै कारण पनि यस ड्रेस रुममा टिनएज ग्रुपका विद्यार्थीहरुको राम्रै भीडभाड रहने देखिन्छ ।

साथै तीज लगायत ठूला ठूला चाडवाड नजिकिएसँगै पसलको चहलपहलमा निकैनै तीव्रता आउनेमा संचालिकाको विश्वास छ । यसका अलावा ड्रेस रुमकी प्रो. रेजी विगतदेखीनै इ कमर्शमार्फत मार्केटिङ गरिरहेको अनुभव सँगै , इन्स्ट्राग्राम , टिकटकमा राम्रो फलोअर भएको लगायतका कारणले गर्दापनि यस पसलले विराटनगरमा राम्रै स्पेश लिने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]