२२ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

विएसएन स्कुलमा संस्कृति र व्यावसायिकता मिश्रित तीज उत्सव

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

विराटनगर, भदाै २१ । विराटनगर २ तीन पैनीमा रहेको विएसएन स्कुल अफ होटल मेनेजमेन्टले बिहीबार हरितालिका तीज पर्व मनाएकाे छ। स्कुल परिसरमा आयोजित साे कार्यक्रममा यसै वर्ष भर्ना भएका होटल मेनेजमेन्टका विद्यार्थीहरूलाई हरितालिका तीजको महत्व र परम्पराबारे जानकारी समेत गराईएकाे छ।

कार्यक्रममा स्कुलका प्रोग्राम डाइरेक्टर मनोज राजवंशीले तीज पर्वको महत्व दर्शाउँदै सबैलाई शुभकामना दिए। उनले भने, “तीजमा होटलहरूमा धेरै कार्यक्रमहरू हुने भएकाले यो होटल व्यवस्थापनका विद्यार्थीहरूका लागि एक उत्कृष्ट सिक्ने अवसर हो। विद्यार्थीहरूलाई पढाइसँगै व्यावहारिक सीपमूलक ज्ञान प्रदान गर्ने हिसाबले तीज पर्व कलेजमा मनाइएको हो।” राजवंशीले थप बताए, “होटलमा सेवासँगसँगै धर्म र संस्कृतिलाई पनि कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने उद्देश्यले समेत यो कार्यक्रम आयोजना गरिएको हो।”

कार्यक्रममा विएसएन स्कुलका डाइरेक्टर अनिता राजवंशी, एचओडी अजय चौधरी, शिक्षक सुमित ठाकुर लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सबै विद्यार्थी तथा शिक्षक शिक्षिकालाई तीजको दर समेत खुवाइएको थियो। यसै वर्षको शैक्षिक सत्रदेखि होटल मेनेजमेन्ट विषय मात्र पढाइ सुरु गरेको यस स्कुलमा हाल ६३ जना विद्यार्थी भर्ना भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]