१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बुरुक बुरुक उफ्रदै बाटो काट्नु परेको छ

डिवाइडर बन्यो : स्कुले बालवालिका, महिला, अशक्त, बुढापाका तथा बिमारीलाई सास्ती
Logo

विराटनगर ब्यूरो, भाद्र २८
बाटो काट्ने ठाँउ समेत नछोडी सडकमा डिवाइडर राखिएपछि विराटनगरको आयल निगमदेखि ढाटसम्मका स्थानीयवासीलाई आवत जावतमा समस्या भएको छ । उक्त क्षेत्रको सडक निर्माण गर्ने जिम्मा पाएको रानी ,इटहरी सडक आयोजनाले हचुवाको भरमा डिवाइडर राखीदिए पछि स्थानीयहरुले सास्ती वेर्होनु परेको हो ।
खाली ठाँउ नछोडी डिवाइडर राखिएपछि ससना स्कुले वालवालिका, महिला, अशक्त, जेष्ठ नागरिक र बिमारीलाई बाटो काट्न निकै नै अफ्ठ्यारो भएको छ । सडकको यस पारदेखि उस पारसम्म जानलाई मात्र उनीहरुले थुप्रै डिवाइडरु छिचोल्नु पर्ने हुन्छ । स्थानीय बुद्धिजिवी हरिलाल उपाध्याय भन्छन् “भर्खरकाहरु त बुरुक बुरुक उफ्रेर डिवाइडर नाघि हाल्छन् तर अशक्त, बुढाबुढी र बालबच्चालाई समस्या भएको छ । उनीहरुले ५० मिटरको बाटो काट्न १ किलोमिटर भन्दा बढी हिडेर डिभाइडर छिचोल्नु पर्छ ।”
स्थानियहरुले डिवाइडरबाट उफ्रेर बाटो काट्ने गर्दा दिनहौ दुर्घटना समेत हुने गरेको छ । अन्य विकसित देशमा मुख्य हाइवे मा डिवाइडर राखिएपनि नेपाल जस्तो हाइवे मै शहर बसेको ठाउँमा यस्ताखाले नियम लगाइनु अव्यवहारिक हुने बुद्धिजिवि उपाध्याय बताउछन् । बिदेशको सिको गर्ने तर त्यसको परिणाम नहर्ने रोगका कारण जनता जहिले पनि पिडित भइरहनु परेको उनको कथन छ ।
यता सडक आयोजना भने ट्राफिक प्रहरीको बिशेष आग्रहमा उक्त डिभाइडर राखिएको बताउछ । उता ट्राफिक प्रहरीले दुर्घटना बढी भएको कारण डिवाइडर राख्नु परेको बताउदै आएको छ । तर ट्राफिक प्रहरी र सडक आयोजनाले उक्त निर्णय गर्दा स्थानीयवासीलाई परेको प्रभावको वारेमा खासै चासो दिएको देखिदैन् ।
स्थानिय मुरारी दाहालले चोकको अवस्था र गाउँको अबस्था हेरेर डिवाइडर राखिदा विवाद नआउने बताउनु हुन्छ । सवै ठाउँमा डिवाइडर खोल्नुपर्छ भन्ने पक्षमा आफुहरु समेत नरहेको तर अवश्यकता अनुसार केहि ठाँउमा भने डिवाइडर खोेल्नु पर्ने उनको बुझाई छ ।

आरोप प्रत्यारोप
जनताले विराटनगर महानगरलाई सोधे हाइवे ले गरेको भन्ने, हाइवे ले महानगर, ट्राफिकले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रशासनले ट्राफिकले गरेको भन्दै जता पनि अल्मल्याउने काम भएको स्थानियको दुखेसो छ । जजसले गरे पनि यसमा स्थानिय जनप्रतिनिधिले चासो लिनुपर्ने स्थानियको भनाइ रहेको छ । आरोप प्रत्यारोप गरेर जनता भुल्याउने काम नगर्न स्थानियले अपिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]