२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

रवी न्यायिक हिरासतमा

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, माघ ०१, २०८१

काठमाडौं , माघ १ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार पनि न्यायिक हिरासतमा पठाइएको छ। काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ ।

प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]