०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

दलीय जिम्मेवारी लिने चरणमा पुगेकी छैन : पूर्व राष्ट्रपति भण्डारी

Logo
जनचर्चा संवाददाता

विराटनगर १५, माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय  जिम्मेवारी लिने चरणमा आफु पुगी नसकेको बताउनु भएको छ । राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलीय  जिम्मेवारी लिने चरणमा पुगी नसकेको उहाँको भनाई ।

आज विराटनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो,‘ मेरो छलफलको विषय बनेको छैन । त्यसका लागि बेला भएको छैन ।’ राष्ट्रपति प्रणाली, राष्ट्रपति गैरराजनीतिक पद र जिम्मेवारी नभएको उहाँको जिकिर छ । उहाँले भन्नुभयो ,‘ जन्मेर, हुर्केर आएदेखि नेकपा एमाले भएको र जिम्मेवारी पनि त्यसरी नै पाएकाले भोलि जाँदा पनि त्यहीँ हो ।’

राष्ट्रले आवस्यकता महसुस गरे राजनीतिमा फर्किन सक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ अहिले मिडियामा मेरो बारेमा आएका आएका कुरा गलत छन् ।’ उहाँले आफु सचेत, संगिठत भएर हिँडे देखि राष्ट्रिय राजनीतिमा चासो राखेर हिँडेको पूर्व राष्ट्रपति भण्डारीको भनाई छ । उहाँले भन्नुभयो,‘ राष्ट्रिय एजेन्डामा चासो हुन्छ । हरेकले राष्ट्रिय राजनीति बुझ्न आवस्यक छ । राजनीतिबाट कोही पनि अछुत छैन । कोही पनि राष्ट्रिय राजनीतिबाट फरक छैनौं । राजनीतिमा गहिरो चासो छ ।’

राष्ट्रिय राजनीतिको एजेन्डा आफ्नो भएको उहाँको तर्क छ । शिक्षा, सामाजिक विभेद, विज्ञान र प्रविध, खानेपानी आफ्नो राजनीतिक एजेन्डा भएको उहाँले बताउनुभयो । पूर्व राष्ट्रपति भण्डारी देशको सर्वोपरिलाई ध्यानमा राखेर काम गर्न उहाँले आग्रह पनि गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]