०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

दलीय जिम्मेवारी लिने चरणमा पुगेकी छैन : पूर्व राष्ट्रपति भण्डारी

Logo
जनचर्चा संवाददाता

विराटनगर १५, माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय  जिम्मेवारी लिने चरणमा आफु पुगी नसकेको बताउनु भएको छ । राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलीय  जिम्मेवारी लिने चरणमा पुगी नसकेको उहाँको भनाई ।

आज विराटनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो,‘ मेरो छलफलको विषय बनेको छैन । त्यसका लागि बेला भएको छैन ।’ राष्ट्रपति प्रणाली, राष्ट्रपति गैरराजनीतिक पद र जिम्मेवारी नभएको उहाँको जिकिर छ । उहाँले भन्नुभयो ,‘ जन्मेर, हुर्केर आएदेखि नेकपा एमाले भएको र जिम्मेवारी पनि त्यसरी नै पाएकाले भोलि जाँदा पनि त्यहीँ हो ।’

राष्ट्रले आवस्यकता महसुस गरे राजनीतिमा फर्किन सक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ अहिले मिडियामा मेरो बारेमा आएका आएका कुरा गलत छन् ।’ उहाँले आफु सचेत, संगिठत भएर हिँडे देखि राष्ट्रिय राजनीतिमा चासो राखेर हिँडेको पूर्व राष्ट्रपति भण्डारीको भनाई छ । उहाँले भन्नुभयो,‘ राष्ट्रिय एजेन्डामा चासो हुन्छ । हरेकले राष्ट्रिय राजनीति बुझ्न आवस्यक छ । राजनीतिबाट कोही पनि अछुत छैन । कोही पनि राष्ट्रिय राजनीतिबाट फरक छैनौं । राजनीतिमा गहिरो चासो छ ।’

राष्ट्रिय राजनीतिको एजेन्डा आफ्नो भएको उहाँको तर्क छ । शिक्षा, सामाजिक विभेद, विज्ञान र प्रविध, खानेपानी आफ्नो राजनीतिक एजेन्डा भएको उहाँले बताउनुभयो । पूर्व राष्ट्रपति भण्डारी देशको सर्वोपरिलाई ध्यानमा राखेर काम गर्न उहाँले आग्रह पनि गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]