१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

दलित महिलाको अवस्थामा सुधार, तर पर्याप्त छैन: सरोकारवालाहरू

Logo
आकृति रानी फुयल

दलित महिलाको अवस्थामा क्रमिक सुधार देखिए पनि थप प्रयास आवश्यक

विराटनगर, फागुन १६ । बिहिबार दलित महिला संघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले दलित महिलाहरूको अवस्थामा विगतको तुलनामा सुधार आएको बताएका छन्। तर उनीहरूले यस्तो सुधार अझै पर्याप्त नभएको र थप प्रयास आवश्यक रहेको पनि औंल्याएका छन्।

कार्यक्रममा सहभागीहरूले विपन्न दलित समुदायका महिलाहरूको सहभागिता सुनिश्चित गर्न थप ध्यान दिनुपर्ने र दलित समुदायभित्रै रहेका विभेदहरू हटाउनुपर्नेमा जोड दिए। सहभागीहरुले संघका गतिविधिहरूले दविएका समुदायलाई समाजमा स्थापित बनाउन मद्दत गरेको भन्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको सुझाएका थिए।

दलित महिला संघ कोशी प्रदेशकी अध्यक्ष पाण्डु परियारका अनुसार यो कार्यक्रम विकासमा दलित महिलाको मूलप्रवाहीकरण तथा सशक्तिकरण र समावेशीकरणको सवालमा छलफल गर्न आयोजना गरिएको थियो। उनले संघले दलित महिलाहरूको हकअधिकारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रमको सहजीकरण सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दुर्गा बरालले गरेकी थिइन्। कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेशसभा सदस्य, जनप्रतिनिधि र दलित संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]