१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मौसम लिम्बुको निर्णायक गोलमा रिजाल्को मोरङ विजयी, साउथर्न समिति ३-२ ले पराजित

Logo
जनचर्चा संवाददाता

विराटनगर,फागुन २० — सोमबारदेखि सुरु भएको विराट गोल्डकपको उद्घाटन खेलमा आयोजक रिजाल्को मोरङ एफसीले भारतको साउथर्न समिति फुटबल क्लब कोलकतालाई ३-२ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

विराटनगरस्थित शहीद मैदानमा भएको रात्रिकालीन खेलमा मौसम लिम्बुले निर्णायक गोल गरेर आयोजकलाई जित दिलाए। पहिलो हाफमा दुबै टोलीले २-२ गोल गरेका थिए।

खेलको ११औं मिनेटमा आयोजकका अभिषेक गुरुङले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए। त्यसको चार मिनेटमै पाहुना टोलीका सुदिप्त हाल्डेनले बराबरी गोल फर्काए। ३८औं मिनेटमा साउथर्नका अनिमेसले हेडमार्फत गोल गरी १-२ को अग्रता बनाए। तर पहिलो हाफको अन्त्यतिर आयोजकले पेनाल्टीको अवसर पाएको थियो, जसलाई दोर्जे तामाङले सदुपयोग गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।

साउथर्न समितिका दुई खेलाडीले पहिलो हाफको अन्त्यतिर रातो कार्ड पाएपछि खेल केही समय तनावपूर्ण बनेको थियो। नौ खेलाडीमा सीमित भएपनि दोस्रो हाफमा साउथर्न समितिले उत्कृष्ट प्रदर्शन गरे। तर ८९औं मिनेटमा मौसम लिम्बुले निर्णायक गोल गर्दै आयोजकलाई ३-२ को जित दिलाए। उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।

नवौं संस्करणको यस प्रतियोगितामा भारतका दुई टोलीसहित ‘ए’ डिभिजनका १० टिमबीच प्रतिस्पर्धा हुनेछ। विजेताले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

मंगलबार हुने खेलमा भारतको सुभेदा दिल्ली फुटबल क्लब र नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुने गोल्डकप संयोजक नवीन रिजालले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]