०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मोरङलाई हराउँदै आर्मी सेमिफाइनलमा

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन २२ ।  विभाग्य टिम त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ ११ लाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । जितको लागि आर्मीका निरज चौधरी नायक बने । उनले पहिलो हाफको ३७ औ मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णाय बन्यो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए ।

पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ ११ ले बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । दोस्रोे हाफपछि आक्रमक खेल पस्किएको मोरङ ११ खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन ।
दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा मोरङ ११ पहिलो हाफमा १–० ले पछि प¥यो । खेलको पहिलो हाफमा आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो । केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको ३३ औं मिनेटमा निरज चौधरीले गरेको कडा प्रहार मोरङका गोल किपर पूर्ण चेम्जुङ्गले उत्कृष्ट बचाए । ३४ औं मिनेटमा सुजन चौधरीले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । आर्मीका ५० औ मिनेटमा दिनेश हेमजङले डिबक्स भित्रदेखि गरेको प्रहार मोरङका गोलकिपर पुर्णू चेम्जुङ्ग बाधक बने । त्यसलगतै निरान्जन धामीले गरेको सशत्त प्रहार बाहिरिदा गोल हुन सकेन । खेलको ५१ औं मिनेटमा आर्मीका नरेश खत्रीले गरेको कडा प्रहार मोरङका गोलरक्षक पूर्णले बिफल पारिदिए ।
घरेलु दर्शकको साथ पाएको मोरङले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो । खेलको ५३ औ मिनेटमा मोरङका भुवन बस्नेतले २५ यार्डबाट गरेको कडा प्रहार आर्मीका गोल रक्षक विकेस कुथुले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै सुशिल राईले गोल गर्ने गतिलो अवसर गुमाए । मोरङका अभिषेक गुरुङले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो । ७० औ मिनेटमा दोर्जे तामाङ्गले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस माथिदेखि बाहिरदा बराबारीमा ल्याउने अवसर खेर गयो । प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार पाए ।
बिहीबारको दोस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]