०१ माघ २०८२, बुधबार
14-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मेराे सहनशीलता र भद्रतालाई कमजोरी ठानियाे : डा. शेखर कोइराला

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, आषाढ १७, २०८२

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे।

साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिए। आउँदो मंसिरमा महाधिवेशन हुनुपर्नेमा आफू दृढ रहेको भन्दै उनले यदि हुन नसक्ने हो भने सभापति र पदाधिकारीसँग कारणसहित जवाफ माग समेत गरे। बैठकमा बोल्दै कोइरालाले कांग्रेसले अन्य दलहरूसँग गरेको गठबन्धनको औचित्यमा समेत प्रश्न गरे। “७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं, अहिले एमालेसँग सरकारमा छौं। त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौं र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो?” उनले प्रश्न गरे।

उनले पार्टीको अनुशासन समितिमा केन्द्रीय समिति भन्दा बाहिरका सिनियर सदस्यहरूलाई राख्न माग समेत गरे। अनुशासन समितिले तटस्थ र न्यायोचित काम गर्न नसकेको उनको आरोप थियो। पार्टी एकतामा जोड दिँदै कोइरालाले आफू गुटबन्दी र भागबन्डाको राजनीतिमा नलाग्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]