१० माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

ओली, लेखक र गुरुङलाई राजनीतिक गतिविधिमा रोक लगाउन रास्वपाको माग

Logo
जनचर्चा संवाददाता

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता छ–छैन भन्ने यथार्थ पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले रास्वपाको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते गर्ने निर्णय गरेको छ । सो बैठकमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनबारे छलफल हुने प्रवक्ता झाले बताए ।

साथै, २०४६ सालयता उच्च ओहदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने, जेनजी आन्दोलनका क्रममा नेताहरूको घरमा भेटिएका अवैध नगद र सम्पत्ति सम्बन्धी तथ्य स्पष्ट पार्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जेनजी पुस्ता, नयाँ शक्ति र अभियन्तासँग संवाद एवं सहकार्य गर्न पुकार बमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । यस्तै, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बाचा पत्र तयार गर्न उपसभापति डा. स्वर्णिम वाग्ले संयोजकत्वमा सात सदस्यीय बाचा पत्र लेखन समिति गठन गर्ने निर्णय समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]