२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

सोलुखुम्बुबाट लामिछानेकाे उम्मेदवारी घोषणा

Logo
जनचर्चा संवाददाता

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ।

जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक समस्या समाधान गर्न नसकेको अनुभूति बढ्दै गएको बताउनुभयो। विशेषगरी जेनजी जस्ता युवा पुस्ता पुरानो शैलीको राजनीति र विकल्पहीनताबाट आजित भइसकेको उल्लेख गर्दै उहाँले बौद्धिक, इमानदार र युवा नेतृत्वको आवश्यकता महसुस भएर उम्मेदवारी दिने निर्णय गरेको स्पष्ट पार्नुभयो।

राजनीतिलाई सेवाको माध्यमका रूपमा विकास गर्न चाहेको बताउँदै लामिछानेले सोलुखुम्बुको समग्र विकासका लागि नयाँ सोच र दृष्टिकोण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले सोलुखुम्बु जिल्लाका स्थानीय समस्या, विकासका आवश्यकता, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयहरूलाई राष्ट्रिय संसदमा प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

परम्परागत राजनीतिक दलहरूको निरंकुशता र विकल्पहीनतालाई तोड्नुपर्ने धारणा राख्दै उहाँले जनता अब नयाँ सोच, नयाँ कार्यशैली र इमानदार विकल्प खोजिरहेका रहेको बताउनुभयो। उहाँको घोषणापत्रमा सामाजिक न्याय, सुरक्षा र नागरिक जीवनस्तर सुधारलाई प्राथमिकतामा राखिएको छ। प्रत्येक नागरिकले समान अवसर पाउनुपर्छ भन्ने मान्यताका साथ शिक्षा, स्वास्थ्य र रोजगारीमा वास्तविक सुधार ल्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]