०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

सोलुखुम्बुबाट लामिछानेकाे उम्मेदवारी घोषणा

Logo
जनचर्चा संवाददाता

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ।

जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक समस्या समाधान गर्न नसकेको अनुभूति बढ्दै गएको बताउनुभयो। विशेषगरी जेनजी जस्ता युवा पुस्ता पुरानो शैलीको राजनीति र विकल्पहीनताबाट आजित भइसकेको उल्लेख गर्दै उहाँले बौद्धिक, इमानदार र युवा नेतृत्वको आवश्यकता महसुस भएर उम्मेदवारी दिने निर्णय गरेको स्पष्ट पार्नुभयो।

राजनीतिलाई सेवाको माध्यमका रूपमा विकास गर्न चाहेको बताउँदै लामिछानेले सोलुखुम्बुको समग्र विकासका लागि नयाँ सोच र दृष्टिकोण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले सोलुखुम्बु जिल्लाका स्थानीय समस्या, विकासका आवश्यकता, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयहरूलाई राष्ट्रिय संसदमा प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

परम्परागत राजनीतिक दलहरूको निरंकुशता र विकल्पहीनतालाई तोड्नुपर्ने धारणा राख्दै उहाँले जनता अब नयाँ सोच, नयाँ कार्यशैली र इमानदार विकल्प खोजिरहेका रहेको बताउनुभयो। उहाँको घोषणापत्रमा सामाजिक न्याय, सुरक्षा र नागरिक जीवनस्तर सुधारलाई प्राथमिकतामा राखिएको छ। प्रत्येक नागरिकले समान अवसर पाउनुपर्छ भन्ने मान्यताका साथ शिक्षा, स्वास्थ्य र रोजगारीमा वास्तविक सुधार ल्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]