०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली

Logo
जनचर्चा संवाददाता

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।

मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण सम्मान तथा वृहत् चलचित्रकर्मी भेलालाई संवोधन गर्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् ।

मन्त्री पराजुलीले कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारलाई कलाकारहरूले सिनेमा र अन्य कलामार्फत प्रचार गर्दा पर्यटन प्रवद्र्धनमा योगदानपुग्ने बताए । कलाकारका माध्यमबाट जाने सन्देशबाट पनि प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचान सुदृढ हुने विश्वास पनि व्यक्त गरे । उनले कोशी प्रदेशमा छायांकन हुने चलचित्रहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्ने बताए ।

मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको चलचित्र सुटिङ भवन समेत बन्न्ने कुराबाट आफु खुसी भएको भन्दै मन्त्री पराजुलीले कलाक्षेत्रको उन्नयनमा जुट्न कलाकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी तथा नायक शिव श्रेष्ठ, बरिष्ठ चलचित्रकर्मी तथा निर्देशक रमेश बुढाथोकी,परान फिल्मका लेखक तथा निर्देशक दिपक आचार्य लगायतलाई सम्मान तथा पूर्व क्षेत्रका १ सय भन्दा बढी कलाकारलाई परिचयपत्र प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]