०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एमाले विराटनगरको वनभोजः तिक्तता मेटेर एक हुने प्रण

Logo
जनचर्चा संवाददाता

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका थिए र यस वर्षपनि केहि वडा स्तरीय वनभोज कार्यक्रम भएपनि विराटनगरमा महानगर कमिटीले भने पहिलोपटक वनभोज कार्यक्रम राखेको हो । वनभोज कार्यक्रमको औपचारीक कार्यक्रमलाई सम्वोधन गर्दै महानगरका अध्यक्ष बलराम गिरी (नविन)ले भने ‘ यो कार्यक्रम भनेको नेकपा एमालेका सबै नेता कार्यकर्ताको आन्तरीक प्रतिष्पर्धाको तिक्तता यहि सिंघिया खोलामा बगाउन हो ।

हिजो आन्तरिक प्रतिष्पर्धामा कुनै कित्तामा लागेपनि अब नेकपा एमालेलाई जिताउने प्रण गर्न हो ।’ गिरीले यसरी सम्बोधन गर्दै गर्दा उपस्थित हजारौं एमाले नेता कार्यकर्ताले तालिले समर्थन गरे । यस्तै वनभोज कार्यक्रमको संक्षिप्त औपचारीक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले नेकपा एमालेमाथि चौतर्र्फी आक्रमण भइरहेको उल्लेख गर्दै त्यसको कारण भने नेकपा एमालेको संविधानको रक्षा गर्नुपर्ने अडान, लोकतन्त्रको रक्षा र सम्मृद्ध नेपाल सुखी नेपालीको नारा सार्थ नहोस भन्ने नै रहेको बताउनुभयो । नेकपा एमाले हुँदा सम्म अरुको केहि नचल्ने देखिएपछि देशी विदेशी तत्वहरु नेकपा एमालेका विरुद्ध एकजुट भएर लागेको बताउनुभयो ।

घिमिरेले यति हुँदा पनि नेकपा एमालेको योगदान र नेपाली जनताको लागि निर्वाह गरेको भूमिका प्रति जनता सचेत छन् भन्ने बुझेर अहिले सामाजिक सञ्जालबाट अनेकन भ्रम छर्ने काम भइरहेको बताउनुभयो । उहाँले फागुन २१ मा निर्वाचन हुने आशंका अझै रहेको भन्दै भइहाले नेकपा एमाले पहिलो शक्ति बन्ने विश्वास ब्यक्त गर्दै सामाजिक सञ्जालका भ्रमबाट जोगिन सबैसँग आग्रह समेत गर्नुभयो । नयाँ भनिएका दलहरुके हालत १५ दिनभित्रै देखिएको तर्क गर्दै उहाँले लोकतन्त्र र जनताको पक्षमा लामो समय लडेको एमालेको भूमिका जनताले बिर्सन नसक्ने बताउनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेतले अब नेकपा एमालेमा कुनै मतभेद नरहेको बताउँदै आगामी निर्वाचनमा एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेकपा एमाले एक ढिक्का भएर अघि बढ्दा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा विजय हासिल हुने बताउनुभयो ।

वनभोजमा उपस्थित नेकपा एमाले मोरङका सह सचिव सन्तोष वान्तवाले यो वनभोज मात्र नभएर नेकपा एमालेको परिवार भावनात्मक रुपमा एक बनाउने वातावरण भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेकपा एमालेको एकता कस्तो छ भन्ने यसले पुष्टि गरेको छ ।’ २ हजार भन्दा बढी नेता कार्यकर्ता उपस्थित भएको वनभोजमा नेकपा एमालेको ११ औं महाधिवेशनमा जिल्ला बाट निर्वाचित केन्द्रीय सदस्यहरुको सम्मान समेत गरिएको थियो । यस्तै विभिन्न खेलकुदका कार्यक्रमका साथै नाचगान समेत गरिएको नेकपा एमाले विराटनगर महानगर कमिटीका सचिव विज्ञान शर्माले बताउनुभयो । वनभोजका लागि प्रति सदस्यले ५०० रुपैयाँ दायित्व वहन गरेको सचिव शर्माले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]