२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

झाडु कुचो बोकेरे नयाँ बानेश्वरका व्यापारी भोली सडकमा उत्रदै

Logo

काठमाडौं, आसोज १०
नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घले शनिवार बृहत् सरसफाइको कार्यक्रम आयोजना गरेको छ । शनिवार (असोज ११) बिहान साढे ७ बजे शंखमुलबाट सरसफाइ कार्यक्रम सुरु हुने बताईएको छ ।
‘हाम्रो बानेश्वर राम्रो बानेश्वर’ अभियान अन्तर्गत हुने यो कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह लगायतको उपस्थिति रहने संस्थाका अध्यक्ष रामशरण गिरीले जानकारी दिए । अध्यक्ष गिरी भन्छन् “व्यापारीलाई सबैले नाफाखोर र कालोबजारी मात्र भनेर चिन्दै आएका छन्, त्यो मानसिकतालाई हामी चिर्न चाहन्छौं”
बानेश्वर एरिया सफा र सुन्दर हुनुपर्ने र सबैले सरसफाइको संस्कार बसाल्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको संस्थाका कोषाध्यक्ष रमेशमान शाक्यले जानकारी दिए । सङ्घले अहिलेसम्म व्यवसायीको हक र हितको लागि लडिरहेको पनि शाक्यले अवगत गराए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]