२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

इरानले थुन्यो अमेरिका–इजरायलको तेल बाटो, होर्मुज हुँदै अन्य देशलाई भने खुला छुट

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन।

तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। इन्धन ढुवानीमा अवरोध गरेको आरोपमा अमेरिकाले इरानको खार्ग द्वीपमा आक्रमण गरेको छ, जुन मध्यपूर्वकै सबैभन्दा ठूलो तेल भण्डारण क्षेत्र हो।

स्ट्रेट अफ होर्मुज हुँदै विश्वको दैनिक करिब २० प्रतिशत तेल ढुवानी हुन्छ। अमेरिकी राष्ट्रपति ट्रम्पले विभिन्न देशहरुले यो मार्ग खुला राख्न युद्धपोत(लडाकु जाहज) सक्ने चेतावनी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]