३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

इरानले थुन्यो अमेरिका–इजरायलको तेल बाटो, होर्मुज हुँदै अन्य देशलाई भने खुला छुट

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन।

तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। इन्धन ढुवानीमा अवरोध गरेको आरोपमा अमेरिकाले इरानको खार्ग द्वीपमा आक्रमण गरेको छ, जुन मध्यपूर्वकै सबैभन्दा ठूलो तेल भण्डारण क्षेत्र हो।

स्ट्रेट अफ होर्मुज हुँदै विश्वको दैनिक करिब २० प्रतिशत तेल ढुवानी हुन्छ। अमेरिकी राष्ट्रपति ट्रम्पले विभिन्न देशहरुले यो मार्ग खुला राख्न युद्धपोत(लडाकु जाहज) सक्ने चेतावनी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]