२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

रास्वपा मोरङ सभापतिमा कडेलको दाबी, पार्टी पंक्तिमा उनकै नाम अग्रपंक्तिमा

Logo
जनचर्चा संवाददाता

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्।

२०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई जिताउन कडेलले गरेको अथक परिश्रमलाई पार्टी कार्यकर्ता आज पनि सम्झन्छन्। हस्ताक्षर संकलन अभियानमार्फत हजारौँ नयाँ सदस्यलाई पार्टीसँग जोड्न उनले खेलेको भूमिकालाई पार्टी पंक्तिले खुलेरै प्रसंशा गेरकाे छ। “नेतृत्व भाषणले होइन, कठिन समयमा देखाएको साहस र जिम्मेवारीले मापन हुन्छ। संगठन अप्ठ्यारो अवस्थामा हुँदा पनि मैले पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिएर काम गरेको छु,” कडेलले भने।

आगामी कार्यकालमा नयाँ पुस्तालाई नेतृत्वमा अवसर, प्रत्येक कार्यकर्ताको सम्मान सुनिश्चित गर्दै मोरङलाई संगठनात्मक दृष्टिले देशकै उत्कृष्ट जिल्लामध्ये एक बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रतिनिधिहरूसँग मत र विश्वासको अपिल गरेका छन्। “हिजो संघर्षमा सँगै थियौँ, आज निर्णयमा सँगै बनौँ, र भोलि सफलताको इतिहास पनि सँगै लेखौँ,” उनले भने। जिल्ला स्तरका नेता तथा कार्यकर्ताका बीच कडेलभन्दा अब्बल दावेदार नदेखिएको अधिकांस कार्यकर्ताकाे भनाई छ । यही कारण आगामी अधिवेशनमा उनी निर्विरोध नै सभापति चुनिन सक्ने संभावनापनि अधिक रहेकाे पार्टी वृत्तमा चर्चा चलेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]