२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

रास्वपा मोरङ सभापतिमा कडेलको दाबी, पार्टी पंक्तिमा उनकै नाम अग्रपंक्तिमा

Logo
जनचर्चा संवाददाता

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्।

२०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई जिताउन कडेलले गरेको अथक परिश्रमलाई पार्टी कार्यकर्ता आज पनि सम्झन्छन्। हस्ताक्षर संकलन अभियानमार्फत हजारौँ नयाँ सदस्यलाई पार्टीसँग जोड्न उनले खेलेको भूमिकालाई पार्टी पंक्तिले खुलेरै प्रसंशा गेरकाे छ। “नेतृत्व भाषणले होइन, कठिन समयमा देखाएको साहस र जिम्मेवारीले मापन हुन्छ। संगठन अप्ठ्यारो अवस्थामा हुँदा पनि मैले पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिएर काम गरेको छु,” कडेलले भने।

आगामी कार्यकालमा नयाँ पुस्तालाई नेतृत्वमा अवसर, प्रत्येक कार्यकर्ताको सम्मान सुनिश्चित गर्दै मोरङलाई संगठनात्मक दृष्टिले देशकै उत्कृष्ट जिल्लामध्ये एक बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रतिनिधिहरूसँग मत र विश्वासको अपिल गरेका छन्। “हिजो संघर्षमा सँगै थियौँ, आज निर्णयमा सँगै बनौँ, र भोलि सफलताको इतिहास पनि सँगै लेखौँ,” उनले भने। जिल्ला स्तरका नेता तथा कार्यकर्ताका बीच कडेलभन्दा अब्बल दावेदार नदेखिएको अधिकांस कार्यकर्ताकाे भनाई छ । यही कारण आगामी अधिवेशनमा उनी निर्विरोध नै सभापति चुनिन सक्ने संभावनापनि अधिक रहेकाे पार्टी वृत्तमा चर्चा चलेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]