०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अब बिल लिनेलाई लाेट्रीबाट सरकारले दिनेछ १० लाख पुरस्कार

Logo
जनचर्चा संवाददाता

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो ।

योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले जनही १० लाख रुपैयाँ पाउनेछन् । कर प्रणालीमा जनसहभागिता बढाउन, कारोबारको वास्तविक अभिलेख राख्न र उपभोक्तालाई बिल लिन प्रेरित गर्न यो कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ ।

नेपालभित्र १०० रुपैयाँभन्दा बढीको खरिद गर्ने जो कोही यसमा सहभागी हुन सक्नेछन् । डिजिटल भुक्तानी स्वतः प्रणालीमा दर्ता हुनेछ भने नगद तिर्नेले विभागको वेबसाइट वा एपमा बिलको विवरण आफैं राख्नुपर्नेछ । व्यापारिक खरिद, सरकारी निकायका बिल र टेलिफोन-विद्युत्-यातायात जस्ता सेवाका बिल भने यसमा समावेश हुने छैनन् ।

विजेता हरेक महिनाको १ र १६ गते स्वचालित प्रणालीबाट छनोट गरिनेछ । विजेताले घोषणापछि १५ दिनभित्र सक्कल बिल, परिचयपत्र र बैंक विवरणसहित निवेदन दिनुपर्नेछ, अन्यथा रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । पुरस्कार रकममा २५ प्रतिशत कर कट्टी गरी १० दिनभित्र बैंक खातामा भुक्तानी गरिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]