काठमाडौं, साउन ६ । नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ।
शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको छ।
मुख्य विशेषताहरू:
- १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली
- वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट
- ७० लिटरको फ्रङ्क (अगाडिको भण्डारण) र ३७५ लिटरको पछाडिको लगेज स्पेस
- कुल ३२ वटा भण्डारण कम्पार्टमेन्ट
यो गाडी प्राइम र प्रिमियम — दुई भेरियन्टमा उपलब्ध छ। सुरुवाती अफरअन्तर्गत पहिलो १०० ग्राहकले प्राइम रु. २९.९९ लाख र प्रिमियम रु. ३४.९९ लाखमा पाउनेछन्। ग्राहकले देशभरका प्रोटोन शोरुममा गई गाडी हेर्न र बुक गर्न सक्छन्।