२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

दैव बने मेयरको बाधक

Logo

विराटनगर, असोज १९
केहि वर्षदेखि धुलो र हिलोको समस्याले विराटनगरवासीलाई आक्रान्त बनाएको छ । निर्माणाधीन अवस्थामा रहेको यो महानगरपालिकामा अहिले सडकहरु जताततै भत्काईएको छ । भत्किएका सडकबाट सिर्जित धुलोले नगर धुलाम्मे बन्ने गरको छ भने पानी परेपछि सडक हिड्नै नमिल्ने गरी हिलाम्मे हुने गरेको छ ।
उक्त विषयमा विराटनगरवासीले चौतर्फी विरोध गरेपछि महानगरपालिकाका मेयर भिम पराजुलीले दशैभन्दा अगवै विराटनगरको सडकहरु निर्माण गरिसक्ने प्रतिवद्धता व्यक्त गरका थिए । उनले गरेको उक्त प्रतिवद्धता संचारमध्यम र समाजिक संजाल परालमा आगो लागे झैं फैलियो । तर उनले गरेको प्रतिबद्धता पुरा हुन सकेन, दैश आयो सडक भने जस्ताको तस्तै लथालिङ रह्यो ।
भनिन्छ नि, ‘हुने हार दैव नटार’ मेयर पराजुलीसँग पनि तस्तै नै भयो । मेयर पराजुलीले प्रयास नगरेको भने कदापी हैन्, प्रतिवद्धता गरेपछि उनीले रातको १ बजेसम्म आफै फिल्डमा खटेर सडक निर्माणको कामलाई निरन्तरता दिएका थिए । महानगरका सबै कामलाई अन्य जनप्रतिनिधिलाई जिम्मा दिएर आफु दिन रात फिल्डमा खटिने गरेको थिए । तर उनलाई दैवले नै साथ दिएनन् । कामले रफ्तार लिएको दुईदिन बित्न नपाउदै बेमौसमी वर्षा भयो । पानी परेपछि काम अघि बढ्ने कुरा भएन् । दिनदिनै पानी पर्ने थाल्यो, १० दिन बढी पानीले खाईदियो । पानी परेकाले निर्माणको काम ठप्प बन्न पुग्यो ।

रातको १ बजे सडक निर्माण कार्यको स्थलगत अवलोकन गर्दै विराटनगरका मेयर

मेयर पराजुलीको सचिवालयको अनुसार सडक निर्माणको ७५ प्रतिशत काम १५ दिनभित्र सकिने गरी वोर्क प्लान समेत बनिसकेको थियो । तर निरन्तर परेको पानीको कारण योजना अनुसार काम हुन नसकेको सचिवालय बताउँछ । मेयरका स्वकीय सचिव त्रिभुसन गिरी भन्छन् “बेमौसमी पानी परेको कुरा सबैलाई थाहा नै छ, तैपनि मेयरले काम गरेन भनेर बदनाम गराउने प्रयास भइरहेको छ” उनले थपे “योजनाअनुसार काम अघि बढी सकेको थियो, १० दिन मात्र लगातार काम गर्न पाएको भए गुनासो गर्ने मौकै कसैले पाउदैन थिए, पानीले सत्यानास पार्यो ”
गुनासो भएका नगरवासीलाई सडक निर्माणको जटिलता बुझ्न महानगरपालिकाले आग्रह गरेको छ । महानगरका अनुसार अहिले सडक निर्माणको मात्र काम भईरहेको छैन् । सडकसँगसगै अन्डर ग्राउण्ड सिवेजको काम समेत भईरहेको छ । जसका लागी सडकलाई खनेर अण्डरग्राउण्ड पाइपिङ गुर्नपर्ने महानगर बताउँछ । त्यससगै बिजुली र टेलीफोनका पोललाई समेत हटाउनु पर्ने हुन्छ र कालोपत्रे गर्नुभन्दा पहिला फेरी पोलहरु गाड्नु पर्ने हुन्छ ।
आफुले कामै गर्न नसकेको कुरा सत्य नभएको मेयर पराजुलीले प्रतिक्रिया दिएको छन् । पराजुलीका अनुसार सवारी साधन विकास कार्यक्रम अन्तर्गतको सबै कामहरु समयसिमा भन्दा अघिनै सकिसकेको छ । उक्त कार्यक्रम अन्तर्गत विराटनगरको त्रिमुर्ति चौक, चाँदनी चौकी, डिपीस स्कुलका बाटाहरु र घोगा पैनीको सडक निर्माण भईसकेको छ । उक्त कार्यक्रमको समय सिमा दुई वर्ष रहेतापनि डेढ वर्षभित्रै सबै कामहरु फत्ते गरेको मेयरको भनाई छ ।
त्यस्तै आरयुडिपी अन्तर्गत हाल विराटनगरको मुल बजारमा भईरहेको काम पनि समयभित्र सकिसक्ने मेयरले प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त कार्यक्रमको समयसिमा नोबेम्बरसम्म भएकाले सो अवधि भित्र सबै सडक निर्माणको काम सम्पन्न भईसक्ने मेयर बताउँछन् । मेयर भन्छन् “हामीले देशै अगवै सबै काम सक्ने टार्गेट लिएका थियौं, प्रकृतिको अगाडी कसैको केही लाग्दैन रै छ, पानीले काम गर्न दिएन” उनले थपे “तर अब काम रफतानरमा अघि बढाईन्छ, कुनै भईपरी आएन भने तिहारसम्म मुख्य बजारका सबै काम सकिनेछ” । बाँकी सडकहरु पनि दशै तिहार पश्च्यात निरन्तर रुपमा निर्माण गरिने मेयर पराजुलीको भनाई ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]