०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

दैव बने मेयरको बाधक

Logo

विराटनगर, असोज १९
केहि वर्षदेखि धुलो र हिलोको समस्याले विराटनगरवासीलाई आक्रान्त बनाएको छ । निर्माणाधीन अवस्थामा रहेको यो महानगरपालिकामा अहिले सडकहरु जताततै भत्काईएको छ । भत्किएका सडकबाट सिर्जित धुलोले नगर धुलाम्मे बन्ने गरको छ भने पानी परेपछि सडक हिड्नै नमिल्ने गरी हिलाम्मे हुने गरेको छ ।
उक्त विषयमा विराटनगरवासीले चौतर्फी विरोध गरेपछि महानगरपालिकाका मेयर भिम पराजुलीले दशैभन्दा अगवै विराटनगरको सडकहरु निर्माण गरिसक्ने प्रतिवद्धता व्यक्त गरका थिए । उनले गरेको उक्त प्रतिवद्धता संचारमध्यम र समाजिक संजाल परालमा आगो लागे झैं फैलियो । तर उनले गरेको प्रतिबद्धता पुरा हुन सकेन, दैश आयो सडक भने जस्ताको तस्तै लथालिङ रह्यो ।
भनिन्छ नि, ‘हुने हार दैव नटार’ मेयर पराजुलीसँग पनि तस्तै नै भयो । मेयर पराजुलीले प्रयास नगरेको भने कदापी हैन्, प्रतिवद्धता गरेपछि उनीले रातको १ बजेसम्म आफै फिल्डमा खटेर सडक निर्माणको कामलाई निरन्तरता दिएका थिए । महानगरका सबै कामलाई अन्य जनप्रतिनिधिलाई जिम्मा दिएर आफु दिन रात फिल्डमा खटिने गरेको थिए । तर उनलाई दैवले नै साथ दिएनन् । कामले रफ्तार लिएको दुईदिन बित्न नपाउदै बेमौसमी वर्षा भयो । पानी परेपछि काम अघि बढ्ने कुरा भएन् । दिनदिनै पानी पर्ने थाल्यो, १० दिन बढी पानीले खाईदियो । पानी परेकाले निर्माणको काम ठप्प बन्न पुग्यो ।

रातको १ बजे सडक निर्माण कार्यको स्थलगत अवलोकन गर्दै विराटनगरका मेयर

मेयर पराजुलीको सचिवालयको अनुसार सडक निर्माणको ७५ प्रतिशत काम १५ दिनभित्र सकिने गरी वोर्क प्लान समेत बनिसकेको थियो । तर निरन्तर परेको पानीको कारण योजना अनुसार काम हुन नसकेको सचिवालय बताउँछ । मेयरका स्वकीय सचिव त्रिभुसन गिरी भन्छन् “बेमौसमी पानी परेको कुरा सबैलाई थाहा नै छ, तैपनि मेयरले काम गरेन भनेर बदनाम गराउने प्रयास भइरहेको छ” उनले थपे “योजनाअनुसार काम अघि बढी सकेको थियो, १० दिन मात्र लगातार काम गर्न पाएको भए गुनासो गर्ने मौकै कसैले पाउदैन थिए, पानीले सत्यानास पार्यो ”
गुनासो भएका नगरवासीलाई सडक निर्माणको जटिलता बुझ्न महानगरपालिकाले आग्रह गरेको छ । महानगरका अनुसार अहिले सडक निर्माणको मात्र काम भईरहेको छैन् । सडकसँगसगै अन्डर ग्राउण्ड सिवेजको काम समेत भईरहेको छ । जसका लागी सडकलाई खनेर अण्डरग्राउण्ड पाइपिङ गुर्नपर्ने महानगर बताउँछ । त्यससगै बिजुली र टेलीफोनका पोललाई समेत हटाउनु पर्ने हुन्छ र कालोपत्रे गर्नुभन्दा पहिला फेरी पोलहरु गाड्नु पर्ने हुन्छ ।
आफुले कामै गर्न नसकेको कुरा सत्य नभएको मेयर पराजुलीले प्रतिक्रिया दिएको छन् । पराजुलीका अनुसार सवारी साधन विकास कार्यक्रम अन्तर्गतको सबै कामहरु समयसिमा भन्दा अघिनै सकिसकेको छ । उक्त कार्यक्रम अन्तर्गत विराटनगरको त्रिमुर्ति चौक, चाँदनी चौकी, डिपीस स्कुलका बाटाहरु र घोगा पैनीको सडक निर्माण भईसकेको छ । उक्त कार्यक्रमको समय सिमा दुई वर्ष रहेतापनि डेढ वर्षभित्रै सबै कामहरु फत्ते गरेको मेयरको भनाई छ ।
त्यस्तै आरयुडिपी अन्तर्गत हाल विराटनगरको मुल बजारमा भईरहेको काम पनि समयभित्र सकिसक्ने मेयरले प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त कार्यक्रमको समयसिमा नोबेम्बरसम्म भएकाले सो अवधि भित्र सबै सडक निर्माणको काम सम्पन्न भईसक्ने मेयर बताउँछन् । मेयर भन्छन् “हामीले देशै अगवै सबै काम सक्ने टार्गेट लिएका थियौं, प्रकृतिको अगाडी कसैको केही लाग्दैन रै छ, पानीले काम गर्न दिएन” उनले थपे “तर अब काम रफतानरमा अघि बढाईन्छ, कुनै भईपरी आएन भने तिहारसम्म मुख्य बजारका सबै काम सकिनेछ” । बाँकी सडकहरु पनि दशै तिहार पश्च्यात निरन्तर रुपमा निर्माण गरिने मेयर पराजुलीको भनाई ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]