२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

जेष्ठ नागरिकलाई दोसल्ला र ढाका टोेपी, समाजसेवी देबेन्द्रको दशैं

Logo

काठमाडौ, असोज २८

सामाजिक काम गरेर आफूलाई अगाडी बढाउदै लैजानुभएका मोरङ कानेपोखरीका समाजसेवी देबेन्द्र लुईटेलले फरक तरिकाले दशैं मनाउनुभएको छ । आफ्नो घर परिवारमा त छदै छ तर उहाँ गाउँका जेष्ठ नागरिकको घरघरमा आशिष लिनुभयो । अनि गर्नुभयो उहाँहरुलाई दोसल्ला ओडाएर सम्मान ।बुवाहरुलाई ढाका टोेपी ।
कानेपोखरीका विभिन्न वडाका अति जेष्ठ नागरिककोमा पुगेर खुशी साटेको लुईटेलले बताउनुभयो । गाउँमा आउँदा सामाजिक काम नै गरेर अघि बढ्ने लुईटेल दशैमा पनि गाउँकै अग्रजहरुको सल्लाहा र आर्शिवादले मार्गदर्शकको भूमिका खेल्ने बताउनुहुन्छ । कोशेली फलफूल र गलामा दोसल्लाले सम्मानित हुँदा वयोबृद्धहरु निक्कै खुशी देखिन्थीए ।

समाजसेवी लुईटेल कानेपोखरी १ निवासी ६९ बर्षीया देव कुमारी आलेमगर, वडा २ का ७७ बर्षीय देव नारायण चौलागाई बडा नं ३ का ९४ बर्षीय खड्ग बहादुर कटुवाल,वडा ४ का ९७ बर्षीय रण बहादुर बस्नेत वडा नम्बर ५ की ७२ बर्षीया रेम्ति धिमाल र वडा नम्बर ६ की ९८ बर्षीया कमला थापा र वडा नम्बर ७ मा ९५ बर्षीया हरिमाया सापकोटाकोमा टिका लगाउन पुग्नुभएको थियो । आफ्नै छोरो झै लागेको प्रतिक्रिया उहाँहरुले दिनुभएको थियो । कांग्रेसी विकासप्रेमी नेता समेत रहेका लुईटेलसँगै उहाँको धर्मपत्नी रोशना निरौला लुईटेल पनि टिका लगाउन सरिक हुनुहुन्थियो ।टिका तथा अशिर्वाद ग्रहण गर्ने ठाउँमा स्थानीयको उल्लेखनीय उपस्थिति थियो । उहाँ सगै समाजका सम्मानित व्यक्तित्वहरु राम मगर, बम बहादुर पौडेल, खगेन्द्र बस्नेत, सिब पन्थि, नेत्र थापा, नगेन्द्र भट्टराई, कोपिला कार्कि, कमला योन्जन, शंकर तामाङ, ओम भट्टराई, टिका थापा, डम्बरबहादुर बुडाथोकि पम्फा धिमाल, चन्द्रि देबि धिमाल, मान बहादुर चैहान, खगेस्वर खतिवडा उपस्थिति थियो ।

फोटो फिचर :

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]