०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

असइ विष्टको भव्य विदाई, चारआलीका स्थानीयद्धारा अभिनन्दन

Logo

वितामोर्ड, ७ कार्तिक
झापाको मेचि नगरपालिका–१३ स्थित चारआली प्रहरी चौकीका असाइ भक्तबहादुर विष्टलाई स्थानियले भव्य कार्यक्रम गरि विदाई गरेका छन् । यहाँका स्थानियबासि र जनप्रतिनिधीहरूले बिहीबार चारआलीमा भव्य कार्यक्रम आयोजना गरि असाइ विष्टलाई सम्मानसहित भव्य विदाई गरेका हुन् ।
१० महिनाको अवधिमा असाइ विष्टले चारआलीमा रहदा सिमा नकामा हुने चोरी तस्करी र शान्ति सुरक्षा कायम गर्न लागि परेको यहाँका स्थानियबासी बताउँछन् । उनको आन्तरीक रुपमा हुने सरुवा अन्तर्गत अहिले भद्रपुर एयरपोटमा सरुवा भएको छ ।
सरुवा भएका विष्टलाई मेचनीनगरपालिका १३ नम्बर वडा कार्यालय र स्थानियबासीले सम्मान पनि गरे । मेचीनगरपालिका १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले यहाँ रहदा शान्ति सुरक्षा देखि चोरी,तस्करी, लागूऔषध दुव्र्यसेन, मादक पद्धार्थ सेवनजस्ता कुरीतिलाई निर्मुल पारि स्थानियलाई सुरक्षाको अनुभुति गराउँदै प्रहरी बिचको विश्वासलाई प्रगाढ बनाएकोले सम्मान गरिएको बताए । विदाई कार्यक्रममा मेचीनगर १३ का वडा अध्यक्ष सिग्देल, १४ का वडा अध्यक्ष शंकर पोखरेल, ११ का सन्तोष मेचे, १२ का लिला सुब्बा लगायले सफल कार्यकालको शुभकामना सहित विदाई गरेका थिए ।
यस अघि विष्टलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई पटक पुसिल अफ दी मन्थको उपाधिबाट सम्मानित भइसकेका छन् । अपराध अनुसन्धान सफल र उत्कृष्ट ढंगबाट गरेको भन्दै उनलाई प्रदेश प्रहरीले सम्मान गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

विराटनगर, साउन २७ । लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सर्भिस विक अन्तर्गत  विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एक्सटेम्पोर स्पिच प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले तत्काल विषयवस्तु प्राप्त गरी आफ्नो विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा […]