०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

असइ विष्टको भव्य विदाई, चारआलीका स्थानीयद्धारा अभिनन्दन

Logo

वितामोर्ड, ७ कार्तिक
झापाको मेचि नगरपालिका–१३ स्थित चारआली प्रहरी चौकीका असाइ भक्तबहादुर विष्टलाई स्थानियले भव्य कार्यक्रम गरि विदाई गरेका छन् । यहाँका स्थानियबासि र जनप्रतिनिधीहरूले बिहीबार चारआलीमा भव्य कार्यक्रम आयोजना गरि असाइ विष्टलाई सम्मानसहित भव्य विदाई गरेका हुन् ।
१० महिनाको अवधिमा असाइ विष्टले चारआलीमा रहदा सिमा नकामा हुने चोरी तस्करी र शान्ति सुरक्षा कायम गर्न लागि परेको यहाँका स्थानियबासी बताउँछन् । उनको आन्तरीक रुपमा हुने सरुवा अन्तर्गत अहिले भद्रपुर एयरपोटमा सरुवा भएको छ ।
सरुवा भएका विष्टलाई मेचनीनगरपालिका १३ नम्बर वडा कार्यालय र स्थानियबासीले सम्मान पनि गरे । मेचीनगरपालिका १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले यहाँ रहदा शान्ति सुरक्षा देखि चोरी,तस्करी, लागूऔषध दुव्र्यसेन, मादक पद्धार्थ सेवनजस्ता कुरीतिलाई निर्मुल पारि स्थानियलाई सुरक्षाको अनुभुति गराउँदै प्रहरी बिचको विश्वासलाई प्रगाढ बनाएकोले सम्मान गरिएको बताए । विदाई कार्यक्रममा मेचीनगर १३ का वडा अध्यक्ष सिग्देल, १४ का वडा अध्यक्ष शंकर पोखरेल, ११ का सन्तोष मेचे, १२ का लिला सुब्बा लगायले सफल कार्यकालको शुभकामना सहित विदाई गरेका थिए ।
यस अघि विष्टलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई पटक पुसिल अफ दी मन्थको उपाधिबाट सम्मानित भइसकेका छन् । अपराध अनुसन्धान सफल र उत्कृष्ट ढंगबाट गरेको भन्दै उनलाई प्रदेश प्रहरीले सम्मान गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]