२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

प्रदेश प्रमुखलाई पदमुक्त गरेको बिषयप्रति कांग्रेसको आपत्ति

Logo

कात्तिक १७, काठमाडौँ 
सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको बिषयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ ।

सरकारको उक्त निर्णयको विषयमा प्रतिक्रिया दिँदै नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले मनपरी निर्णय गरेर द्वन्द्व मात्रै निम्त्याउने बाटोमा लागेको बताए । उनले यस्तो पूर्वाग्रही कदमप्रति कांग्रेसको विमति रहने धारणा व्यक्त गरेका छन । संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनाले सरकार पूर्वाग्रही सोचबाट ग्रसित भएको कुरा प्रष्ट भएको उनको आरोप छ । प्रवक्ता शर्माले पार्टीका नेताहरुसँगको परामर्शपछि सरकारको उक्त निर्णयको विरुद्ध कसरी अगाडि बढ्ने भन्ने योजना तय गरिने जानकारी दिए ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको आईतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेकपाको विरोधका बीच तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई नियुक्ति गरेको थियो । नेकपाको तर्फबाट ओलीले वर्तमान सरकारको नेतृत्व गरेसँगै उनीहरुलाई हटाउन खोजिएपनि कांग्रेसले निरन्तर विरोध जनाउँदै आएको थियो ।

देउवा सरकारले भने प्रदेश १ मा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वर लाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गा केशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]