०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जिल्ला प्रहरी मोरङको फेसबुक पेज ह्‌याक

ह्‌याकले पेजबाट स्पेनिश र रसियन भाषाका फिल्महरू लाइभ गर्दै
Logo

विराटनगर, मंसिर १४
जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज ह्याक भएको छ । मोरङ प्रहरीको फेसबुक पेज ‘डिष्ट्रिक्ट पुलिस अफिस मोरङ’ बाट ह्याकरले केहि दिनदेखि स्पेनिश र रसियन भाषाका फिल्महरू लाइभ गर्दै आएका छन् ।

उक्त पेजबाट प्रहरीले दैनिकजसो हुने घटनाबारे सूचना प्रवाह गर्दै आएको थियो । १५ हजार बढीको लाइक र २९ बढीले फलो गरेको प्रहरीको फेसबुक पेज ह्याक भएपछि मोरङ प्रहरीले गत आइतबार यता कुनै पनि सामग्री पोष्ट गर्न सकेको छैन ।
उक्त विषयमा केन्द्रीय साइबर अपराध अनुसन्धान ब्यूरोले अनुसन्धान थालनी गरिसकेको प्रहरी स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]