२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

स्व.खडानन्दको परिपक्क निर्णय, तिन महिना नबित्दै २५ लाख बिमा पाक्यो

Logo
प्रकाशित मंगलबार, पुष ०८, २०७६

विराटनगर, पुष ८
विराटनगर ४ निवासी ५४ वर्षिय खडानन्द घिमिरेले २०७६ साल बैशाख ३१ गते आफ्नो जिवन विमा गराए । बिमा गरेको तिन मिहना पुग्न नपाउदै श्रावण १४ गते निमोनियाको कारण उनको मुत्यु हुन पुग्यो ।
बिमाको महोत्व बुझेका घिमिरेले आई.एम.ई लाइफ इन्स्योरेन्स विराटनगर शाखाबाट २५ लाखको बिमा गराएको थिए । उनले ३ लाख ३१ हजार हाराहारीको एक किस्ता मात्र बुझाएका थिए । दस्रो किस्ता तिर्न नपाउदै उनको देहान्त हुन पुग्यो र कम्पनीबाट २५ लाख बराबरको बिमा रकम पाउने भए ।
सोमवार आई.एम.ई को विराटनगर शाखाले आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरी मृतकको आफन्तलाई २५ लाखको चेक हस्तान्तरण गर्यो । कार्यक्रममा आई.एम.ई लाइफ इन्स्योरेन्सका सिइओ श्री चन्द्र भट्टले मृतकको श्रमती शिवमाया घिमिरलाई चेक प्रधान गरेका थिए ।
कार्यक्रममा आई.एम.ई का प्रदेश १ प्रमुख कर्मराज पौडेलले बिमाको महत्व र कम्पनीको प्रदेशीक रणनिति बारे सबै माझ प्रकाश पारे ।
त्यस्तै, विराटनगर शाखाका कार्यविभाग प्रमुख सिजन दहालले आई.एम.ईका सबै बिमितहरुद्धरा दावी गरीएको बिमा रकम यथासिघ्र उपलब्ध गराउने तर्फ आफुहरु सक्रिय रहेको बताए ।
शाखाका मार्केटिङ प्रमुख रासिक गौतमले बिमाकर्ताको सन्तुष्टीनै आफ्नो पहिला प्रथामिकता भएको बताए । क्लाईन्टलाई कचकच गरेरभन्दा बिमाको महत्वबारे बताएर बिमामा सहभागी गराउनु पर्ने गौतमले सबै अभिकर्तालाई सुझाव समेत दिए ।
स्व. घिमिरेको अभिकर्ता घनश्याम पोखरेलले बिमा गराएका थिए । पोखरेल पुर्वका अब्बल अभिकर्ताको रुपमा चिनिदै आएको व्यक्तित्व समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]