२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

क्यासिनो प्राइडका कर्मचारी आन्दाेलनमा

Logo

काठमाडाै‌,पुष १५

व्यवस्थापनले  कर्मचारीलाइ अनावश्यक दुख दिएकाे भन्दै हायात होटलमा संचालित क्यासिनो प्राइडका कर्मचारीहरुले  अाज २१ बुद्धे माग सहितको ध्यानाकर्षण पत्र सार्बजनिक गरेका छन् ।
लामो समयदेखि क्यासिनोमा कार्यरत कर्मचारीहरुलाई पछिल्लो समयमा कम्पनीले सौतेनी व्यबहार लाद्न खोजेको कर्मचारीहरुको आरोप छ । क्यासिनोका कर्मचारी सोभितमान गिरीले बर्षौं बितिसक्दा पनि कर्मचारीहरुलाई तलब नबढाइ दिएको, सुत्केरी महिलाहरुलाई सुत्केरी अवस्थामा पनि विदा नदिने र बालबालिका हेर्चाह गर्ने शिशु गृह समेत नभएको उनले गुनासो पोखे ।
कर्मचारीलाई विभिन्न बाहना बनाएर दुख दिने गरेको र अब त्यसको प्रतिवाद पनि कर्मचारीले पनि गर्ने गिरीले बताए ।
नेपाल पर्यटन तथा होटल सम्बद्ध क्षमिक संघका अध्यक्ष कञ्चनमान तामाङले आफुहरुले उठाएको २१ बुँदे माग अबको ११ दिन पछि पनि सम्बोधन नभए क्यासिनोका सम्पुर्ण कर्मचारीहरु कालापट्टी बाँधेर विरोधमा उत्रिने चेतवानी समेत दिए । उनले थप्दै भने आन्दोलनमा उत्रन बाध्य पारिए यस्तो परिस्थितिबाट उत्पन्न हुने परिणामको जबाफदेही स्यमं कम्पनीले ब्यहोर्न पर्ने बताए ।
क्यासिनो प्राइडको कर्मककचारी नियमावली २०७२ लाई श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ बमोजिम हुने गरी परिमार्जन गरी लागु गर्न उनिहरुको माग छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]