०३ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

क्यासिनो प्राइडका कर्मचारी आन्दाेलनमा

Logo
प्रकाशित मंगलबार, पुष १५, २०७६

काठमाडाै‌,पुष १५

व्यवस्थापनले  कर्मचारीलाइ अनावश्यक दुख दिएकाे भन्दै हायात होटलमा संचालित क्यासिनो प्राइडका कर्मचारीहरुले  अाज २१ बुद्धे माग सहितको ध्यानाकर्षण पत्र सार्बजनिक गरेका छन् ।
लामो समयदेखि क्यासिनोमा कार्यरत कर्मचारीहरुलाई पछिल्लो समयमा कम्पनीले सौतेनी व्यबहार लाद्न खोजेको कर्मचारीहरुको आरोप छ । क्यासिनोका कर्मचारी सोभितमान गिरीले बर्षौं बितिसक्दा पनि कर्मचारीहरुलाई तलब नबढाइ दिएको, सुत्केरी महिलाहरुलाई सुत्केरी अवस्थामा पनि विदा नदिने र बालबालिका हेर्चाह गर्ने शिशु गृह समेत नभएको उनले गुनासो पोखे ।
कर्मचारीलाई विभिन्न बाहना बनाएर दुख दिने गरेको र अब त्यसको प्रतिवाद पनि कर्मचारीले पनि गर्ने गिरीले बताए ।
नेपाल पर्यटन तथा होटल सम्बद्ध क्षमिक संघका अध्यक्ष कञ्चनमान तामाङले आफुहरुले उठाएको २१ बुँदे माग अबको ११ दिन पछि पनि सम्बोधन नभए क्यासिनोका सम्पुर्ण कर्मचारीहरु कालापट्टी बाँधेर विरोधमा उत्रिने चेतवानी समेत दिए । उनले थप्दै भने आन्दोलनमा उत्रन बाध्य पारिए यस्तो परिस्थितिबाट उत्पन्न हुने परिणामको जबाफदेही स्यमं कम्पनीले ब्यहोर्न पर्ने बताए ।
क्यासिनो प्राइडको कर्मककचारी नियमावली २०७२ लाई श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ बमोजिम हुने गरी परिमार्जन गरी लागु गर्न उनिहरुको माग छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]