२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

उखु किसानको बाँकी–बक्यौता माघमा किल्यर होला त ?

कुन मिलले कति तिर्नु बाँकी छ ?
Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

काठमाडौं, पुष १७
बधुबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले संयुक्त रुपमा सुगर मिलहरुसँग रहेको बाँकी बक्यौता माघ ७ गतेसम्म चुक्ता गराईदिने उखु किसानहरुलाइ आश्वासन दिएका छन् । मुलुकका विभिन्न ठाँउबाट अन्दोलनका लागी काठमाडौ आएका उखु किसानहरुलाई आज यी मन्त्रीहरुले उद्योग मन्त्रालयमा बोलएर त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पुस २५ गतेभित्र ८० प्रतिशत र माघ ७ गतेभित्र बाँकी २० प्रतिशत भुक्तानी गर्न सबै चिनी मिललाई निर्देशन दिएको मन्त्री भट्टले जानकारी गराए ।

कुन मिलले कति तिर्नु छ ?
हाल मुलकको ६ वाट उखु मिलले किसानहरुलाई १ अर्ब ३३ करोड रुपैया भुक्तान गर्न बाँकी रहेको उखु उत्पादक महासंघ र चिनी उद्योग संघलकाे तथ्याङले देखाएको छ ।

सुगर मिल बक्यौता संचालक
श्रीराम सुगर मिल ४२ करोड हितेश गोल्छा/विशाल अग्रवाल
अन्नपुर्ण सुगर मिल ४० करोड राकेश अग्रवाल
महालक्ष्मी सुगर मिल २० करोड वीरेन्द्र कनोडिया
वाग्मती सुगर मिल ११ करोड राम थापा/जगदीश अग्रवाल
ईन्दिरा सुगर मिल १० करोड राकेश अग्रवाल
लुम्बिनी सुगर मिल १० करोड स्व. मनीष अग्रवाल
कुल १३३ करोड

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]