०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

थन्कीएर कुहिदै मोटरसाईकलहरु आराका मोरङमा

हाकीम जिम्मेवार नहुँदा राज्यको सम्पत्ती थन्किएर कुहिदै
Logo

विराटनगर, माघ १०
अवैध मधिरा ओसार पोसारमा प्रयोग भई जफत गरिएका पाँच दर्जनभन्दा बढी मोटरसाईकल आन्तिरक राजस्व कार्यलय (आराका) मोरङमा विगतको पाँच वर्षदेखि थन्किरहेको छ । समयमै लिलाम नगरिदा प्राय सवै मोटरसाईकलहरु जिर्ण बनिसकेका छन् । पक्राउ परेर थन्किएको अवस्थामा केही स्कुटरहरु पनि छन् ।
लामो समयदेखि थन्काएर राखिएका थुप्रै सवारी साधनहरु जिर्ण भईसकेका छन् भने भर्खर पक्राउ परेका केही सवारीसाधनहरु अहिले पनि सकुसल अवस्थामा रहेका छन् । आराका मोरङमा कार्यरत्त एक अधिकारी भन्छन् “यी सबै राज्यका सम्पत्ती हुन्, समयमै लिलाम गरेर राम्रो मुल्य लिने कि कुहाएर कवाडीमा बेच्ने ?” उनले थपे “यस विषयमा हामीले धेरै पटक प्रमुख ज्यूलाई भनिसकेका छौ तर वँहाले किन वास्ता गर्नु हुन्न खै ?”
हाल आराका मोरङका प्रमुख विमल सापकोटा हुन् । उनी भन्दा अघिका पाँच हाकिमले जफत गरिएको सवारीसाधनहरु लिलाम नगर्दा अहिले आराका मोरङमा कवाडी सवारीसाधनको थुप्रो लागेको छ । ती सवारी साधनलाई बेलैमा लिलाम नगरे राज्यलाई ठुलो घाटा हुने जानकारहरु बताउछन् । हाकिमहरुको वेवास्था र गैरजिम्मेवारीको कारण राज्यको सम्पत्ती कवडीमा परिणत भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]