२० साउन २०८३, बुधबार
05-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

परिक्षा कि भाग्यचिठ्ठा ?

Logo
लेखकको विचारको अधारमा तयार पारिएको सामाग्री

विराटनगर, माघ २४

मलाई नेपालको परिक्षा प्रणाली देख्दा अचम्म लाग्छ । १०० पूर्णाङ्कको प्रश्नपत्र आँउछ । प्रश्न पत्रमा लामो र छोटो गरी करिब १० देखि १५ वटा प्रश्न सोधिएको हुन्छ ।
एउटा विषयबाट करिब १ हजार भन्दा बढी प्रश्न निकाल्न सकिन्छ । तर परिक्षाको लागी छनोटमा मात्र १० देखि १५ वटा प्रश्न पर्छन् । किताबमा भएको कुल प्रश्नको ०.०१५ प्रतिशत भन्दा कम प्रश्न मात्र छानिन्छन् र विद्यार्थीलाई परिक्षामा सोधिन्छ ।
जुवामा जोखिम हुन्छ, तैभएर जुवालाई भाग्यको खेल भनिन्छ । योे सिद्धान्तको आधारमा नेपालको शैक्षिक परिक्षा सवैभन्दा ठुलो जुवा हो । किनभने नेपालको शैक्षिक परिक्षामा जुवा भन्दा बढी जोखिम छ । जुन कुरा गणितले पनि पुष्ठी गर्दछ ।
गणीतका अनुसार एउटा डाईसमा दाउ पर्ने सम्भावना १÷६ हुन्छ, प्रतिशतमा (०.१६%) । त्यस्तै तासमा पत्ति पर्ने सम्भावना १÷५२ रहन्छ प्रतिशतमा (०.०१९%) । तर किताबबाट छानिएको प्रश्न पर्ने अधिक्त्तम सम्भावना ०.०१५ प्रतिशत भन्दा कम रहन्छ । यो हिसाबले नेपालको शैक्षिक परिक्र्षा सबैभन्दा ठुला जुवा हो । सोहि कारण पनि नेपालको परिक्षा प्रणालीलाई भाग्य चिठ्ठा प्रणाली भन्दा फरक नपर्ला ।

यस्तो पनि हुन सक्छ

परिस्थित १ (कालपनिक)
राम भन्ने एउटा विद्यार्थी छ । उसले मेहनत गरेर कुनै विषयको ९९ प्रतिशत प्रश्नको उत्तर पढेको छ । तर परिक्षामा प्रश्न भने उसले नपढेको १ प्रतिशतबाट आईदियो भने के होलो ?
परिस्थित २ (कालपनिक)
श्याम भन्ने अर्को विद्यार्थी छ । जसले खासै मेहनत गरेर पढेको छैन् । कतिबमा भएको एक दुई प्रतिशत भन्दा बढी प्रश्नको उसले उत्तर जान्दैन । तर त्यही एक दुई प्रतिशतबाट प्रश्न परिक्षामा आए के होला ?
पक्कै पनि यही दुई कालिपनिक परिस्थितीलाई हेर्ने हो भने , महनेती विद्यार्थी राम फेल हुन्छ र आर्को भाग्यशाली विद्यार्थी श्याम पास हुन्छ । के यो भाग्य चिठ्ठा सरह भएन र ? अब प्रश्न पत्र बनाउनेले गम्भीरता पुर्वक सोच्नुपर्ने समय आएको छ ।

कस्तो हुनुपर्छ परिक्षा प्रणाली

सबै विषयको पाठ्यक्रम(स्लेबस) विश्वविद्यालयले सार्वजनिक गरेको हुन्छ । कुन कुन टपीक(सन्र्दभ) मा एउटा शैक्षिक शत्रमा विद्यार्थीले पढ्नु पर्ने त्योपनि खुलाईएको हुन्छ । त्यही टपीकहरुको बारेमा फ्रि राईटिङग गर्न दिए उपयुक्त हुने जस्तो मलाई लाग्दछ । बरु कतिबटा टपिकको बारेमा लेख्नु पर्ने हो त्यसको शंख्या भने विश्वविद्यालयले तय गर्न सक्ने गरी प्रश्न पत्र बनाइनु पर्ने मेरो धरणा छ । र केही महत्वपुर्ण जन्नैपर्ने टपिकलाई कम्पलसरी बनाएर परिक्षामा लेख्न लगाए आवश्यक कुरा पनि छुट्दैन्थ्यो जस्तो मलाई लाग्दछ ।

तन्काएर लेख्नु पर्ने बाध्यता
सहित्यकारले एक अक्षरमा संसरको वर्णन गर्दिन सक्छ । भन्नुको तत्पर्य कुनै पनि कुरा जिष्ट(सारशं)मा बताउन सकिन्छ । तर नेपालको शैक्षिक परिक्षामा यो फर्मुला काम लाग्दैन् किनभने त्यहाँ नम्बरको सबाल आउँछ । ठुला नंम्बरको प्रश्नलाई लामै उत्तर दिनुपर्छ । गुद्धि कुरा लेखर मात्र हुदैन, नब्बर पाउनलाई गुद्धि छेउछाउका अन्द्रा भुढी कलेजो फोक्सो सबै लेख्नुपर्छ । लेख्न आवश्यक नभएका कुरा पनि थपेर तन्काउनु पर्छ ।

यसै सन्दर्भमा छोटो कथा
भोली क्लास टेष्ट हुन्छ, सबै पढेर आउनु विद्यार्थीलाई सरले भनेछन् । त्यो क्लासमा एक होनहार विद्यार्थी रहेछ । किताबको जुनैपनि प्रश्नको उत्तर दिने सक्ने गरी त्यो होनहार विद्यार्थीले तयारी गरेछ । त्यो दिन सरको घरमा बुढीसँग रातभर केही कुरामा किचकिच भएछ । किचकिचले गर्दा क्लास टेष्ट लिने कुरा सरले भुलेछन् र कुनै पनि प्रश्न बनाएनछन् । भोलीपल्ट विद्यार्थीले टेष्ट लिने कुरा सम्झाए र सरले पनि आफुले नभुले जस्तो गर्दै टिष्टका लागी तयार हुन विद्याथीलाई भने । तर सरसँग सोध्नलाई प्रश्न भने थिएन् । सरले मनमा जे प्रश्न आयो त्यहीँ भनेछन्  “गधाँको बारेमा २ हजार शब्दमा लेख ”
क्लास टेष्टमा अलिक धेरै प्रश्न सोध्ने अपेक्षा साथ धेरै पढेर आउने महनती विद्यार्थीहरु रिसले मुर्मुरिए । गधाँको बारेमा २ हजार शब्द के लेख्ने होला भन्दै धेरै विद्यार्थीहरु अक्कनबक्क भए । तर सर कडा स्वभावका भएकाले उनको निर्देशनलाई कसैले प्रतिकार गर्न सकेनन् । बरु सबैले खुरु खुरु लेख्न थाले ।
होनहार विद्यार्थीले गधाँको बारेमा एक दुई सय शब्द लेखेपछि उसले गधाँको बारेमा जानेको कुरा सबै सकियो । त्यसपछि उसले उत्तर तन्काउन थाल्यो र लेख्यो “गधाँ त बास्तवमै गधै हुदा रहेछन्, रातभरी पुरै किताब पढेर आए तर गधाँको बारेमा लेख्नुपर्छ भन्ने मैले कल्पना पनि गर्न सकेको थिइन , गधाँको बारेमा लेख्न नसक्ने म गधाँ हु, गधाँको बारे २ हजार शब्द लेख्न लगाउने सर पनि ठुलै गधा हो ”
यो कथाको सारंस के हो भने कुनै पनि कुरालाई धेरै तन्काए विग्रिन सक्छ । विषयको महत्वअनुसार मात्र कुनै पनि कुरालाई तन्काउदा राम्रो हुने कथाले सन्देश दिदछ ।
हुनत कुनैपनि विषयमा दखल राख्नु नराम्रो कुरा होइन् । त्यसलाई तन्काइको पनि भन्न नमिल्ला तर अन्य महत्वपुर्ण कुराहरुलाई ओझलमा पारेर एउटै कुराको बारेमा मात्र वर्णन गर्न लागाउनु पनि परिक्षामा राम्रो होइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]