०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

नेपाल–भारत सीमानाका बंद छैन

Logo

विराटनगर, फागुन ३०
कोरोना भाइरसका कारण भारत सरकारले आजबाट नेपाल–भारत सीमानाका बंद गरेको हल्ला फैलिएको छ । भारतले १३ मार्च देखि १५ अप्रिल, २०२० सम्मका लागि तेस्रो मुलुकका नागरिकको भिसा रद्द गर्ने निर्णय गरेसँगै नेपालमा भारत सिमा बन्द हुने हल्ला फैलिएको हो ।
तर उक्त निर्णय अनुसार भारतले तेस्रो मुलुकका पर्यटकलाई मात्र प्रवेशमा प्रतिबन्ध लगाएको छ । सो निर्णयले नेपाल–भारत बिच हुने दुई देशिय आवतजावतलाई कुनै पनि असर नपार्ने जानकारहरु बताउँछन् ।
भारत, विहार सिमाक्षेत्रका पत्रकार रजेश शर्माका अनुसार विराटनगर(नेपाल)–जोगबनी(भारत)को सिमा बिहान देखिनै निर्बाद रुपमा संचालनमा छ । शर्मा भन्छन् “आजबाट भारत सरकारले पर्यटकलाई भिसा रद्द गर्ने निर्णय गरेको छ तर यो निर्णय तेस्रो मुलुकका नागरिकको लागी मात्र हो, नेपालीलाई आवतजावतमा कुनै रोक छैन” शर्माले थपे “आजैबाट बंद हुने हल्ला फैलिएतापनि बिहान देखिनै नेपाल–भारतका नाकाहरु निर्बाद रुपमा संचालनमा छन्, नेपाल–भारत दुई देशिय आवत जावत जारी छ”
यो निर्णयसँगै १५ अप्रिलसम्म तेस्रो मुलुकका कुनै पनि पर्यटक भारत प्रवेश गर्न नपाउने भएका छन्। कूटनीतिक, अन्तर्रा्ष्ट्रिय संघसंस्था, जागिरे, प्रोजेक्ट भिसा पाएर भारत आउनेलाई भने रोकतोक नगर्ने भएको छ। उसले गैरआवासीय भारतीय कार्ड भएकालाई निःशुल्क यात्रा भिसा दिँदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]