३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

नेपाल–भारत सीमानाका बंद छैन

Logo

विराटनगर, फागुन ३०
कोरोना भाइरसका कारण भारत सरकारले आजबाट नेपाल–भारत सीमानाका बंद गरेको हल्ला फैलिएको छ । भारतले १३ मार्च देखि १५ अप्रिल, २०२० सम्मका लागि तेस्रो मुलुकका नागरिकको भिसा रद्द गर्ने निर्णय गरेसँगै नेपालमा भारत सिमा बन्द हुने हल्ला फैलिएको हो ।
तर उक्त निर्णय अनुसार भारतले तेस्रो मुलुकका पर्यटकलाई मात्र प्रवेशमा प्रतिबन्ध लगाएको छ । सो निर्णयले नेपाल–भारत बिच हुने दुई देशिय आवतजावतलाई कुनै पनि असर नपार्ने जानकारहरु बताउँछन् ।
भारत, विहार सिमाक्षेत्रका पत्रकार रजेश शर्माका अनुसार विराटनगर(नेपाल)–जोगबनी(भारत)को सिमा बिहान देखिनै निर्बाद रुपमा संचालनमा छ । शर्मा भन्छन् “आजबाट भारत सरकारले पर्यटकलाई भिसा रद्द गर्ने निर्णय गरेको छ तर यो निर्णय तेस्रो मुलुकका नागरिकको लागी मात्र हो, नेपालीलाई आवतजावतमा कुनै रोक छैन” शर्माले थपे “आजैबाट बंद हुने हल्ला फैलिएतापनि बिहान देखिनै नेपाल–भारतका नाकाहरु निर्बाद रुपमा संचालनमा छन्, नेपाल–भारत दुई देशिय आवत जावत जारी छ”
यो निर्णयसँगै १५ अप्रिलसम्म तेस्रो मुलुकका कुनै पनि पर्यटक भारत प्रवेश गर्न नपाउने भएका छन्। कूटनीतिक, अन्तर्रा्ष्ट्रिय संघसंस्था, जागिरे, प्रोजेक्ट भिसा पाएर भारत आउनेलाई भने रोकतोक नगर्ने भएको छ। उसले गैरआवासीय भारतीय कार्ड भएकालाई निःशुल्क यात्रा भिसा दिँदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]