२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

शिवम् प्लाष्टिकमा कसले आगो लगायो? शंकाको शुई संचालक तिरै तेर्सियो

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

✍ दिनेश खड्का
विराटनगर, चैत १

मोरङको बुढीगंगास्थित शिवम् प्लाष्टिक उद्योगमा केहि दिन अघि (फागुन २८ गते) भएको आगलागी शुनियोजित भएको आशंका गरिएको छ ।
उक्त उद्योगका संचालकमा बासु गोल्यान, देवेन्द्र अग्रवाल र विजय तोदी छन् । उद्योगमा गोल्यानको ६५ प्रतिशत, अग्रवालको २५ प्रतिशत र तोदीको १५ प्रतिशत हिस्सा छ । तर उद्योग संचालनमा संचालकहरुबिच नै मतवेद हुदा तिनैजनाको एकआपससँग करिब १० वर्षदेखि बोलचाल छैन ।
उद्योग संचालनमा विवाद आएदेखि नै गोल्यानले उद्योगलाई एकलौटी ढंगले संचालन गरिरहेका थिए । एकलौटी ढंगले १० वर्षदेखि उद्योग संचालन गरिरहेका गोल्यानसँग आर्को दुईपटक पर्टनरले (अग्रवाल र तोदी) हिसाब फरफारक गर्न पटक पटक अनुरोध गरिरहेका थिए । पटक पटक हिसाब फरकारक गर्न अनुरोध गर्दा पनि गोल्यानले आज भोली भन्दै १० वर्षदेखि आफ्ना पार्टनरलाई टार्दै आएको बुभिएको छ ।
स्रोतका अनुसार, गत फागुन २८ गते उद्योगमा आगलागि भएपछि सम्पुर्ण कागजात जलेर नष्ट भएको भन्दै हिसाब फरफारक गर्न गोल्यान आनाकानी गरिरहेका छन् । त्यससँगै उद्योगमा आगलागीको कारण उद्योगमा ठुलो क्षती भएको भन्दै पार्टनरहरुलाई एक रुपैयाँपनि दिन नसक्ने भन्दै गोल्यान पन्छिरहेको स्रोत बताउँछ । सोही हिसाबलाई रफदफा गर्न गोल्यानले जनाजान उद्योगमा आगलागीको प्रपञ्च रचेको स्रोत दाबी गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]