०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue

लम्साल, क्षेत्री र पाल नेपाल प्रहरीको एआईजीमा बढुवा

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

काठमाडौं, चैत १२
नेपाल प्रहरीका तीन नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गरेको हो । लम्साल वर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याची हुन् । उनीहरुले २५ असार २०४७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
हालको ३० वर्षे सेवा अवधि प्रणाली कायम रहे क्षेत्री र पालमध्ये एक जनाले २४ असार २०७७ पछि नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् । ३० वर्षेको प्रावधान हटे ज्ञवालीकै कार्यअवधि बढ्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,७ जेठ । विराटनगरमा रहेको मानव सेवा आश्रमलाई विभिन्न दाताहरुले भवन निर्माण तथा आवासीय सेवाका लागि आर्थिक सहयोग गरेका छन् । आश्रममा आयोजित एक कार्यक्रमका बीच दाताहरुले सहयोग गरेका हुन् । विराटनगरका समाजसेवी चिरन्जीवी दाहालले ५ लाख ११ हजार १ सय ११ रुपैयाको चेक प्रदान गरेका छन् । यस्तै ट्रान्स नेपालका तर्फवाट मुकेश राठीले ५ लाख […]

विराटनगर,७ जेठ । देशभर पोलियो विरुद्धको आईपीभी राष्ट्रिय खोप अभियान जेठ १३ देखि २६ गते सम्म सञ्चालन हुने भएको छ । जसमा वि.स.२०७३ साल देखि २०७५ असोज सम्म खोप लााउन छुटेकाहरुलाई समेटिने छ । ती सालहरुमा खोपको उपलब्धता नभएका कारण देशभरका बालबालिका खोपबाट बन्चित भएका थिए । उक्त कार्यक्रम अन्तरगत मोरङमा मात्रै ५२ हजार ३५२ बालबालिकालाई […]

कानेपोखरी, ७ जेष्ठ । आइतबार मोरङको कानेपोखरीमा एकदिने लागू औषधविरुद्धकाे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। आदर्श समाज कानेपाेखरीद्वारा आयाेजित साे सचेतामूलक कार्यक्रममा कक्षा ९ र १० का दुई सयबढी विद्यार्थीलाई प्रशिक्षण दिईएकाे छ । जनसेवा माध्यमिक विद्यालयको सभाहलमा आयाेजित कार्यक्रममा आस्रा सुधारकेन्द्र धरानका प्रमुख प्रशिक्षक टिकाराम सिग्देल र रमाइलो चौकीका कार्यालय प्रमुख नारायण प्रसाद भट्टराईले […]