०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

मोरङमा व्यापक कालोबजारी । के हेर्दैछन् सि.डि.ओ. ?

Logo

विराटनगर, चैत १८
लकडाउनको मौकाछोपी मोरङका उद्योगी तथा व्यापारीले खाद्यवस्तुको मुल्य ह्वातै बढाएका छन् । खाद्यान्य उत्पादक र वितरकको मिलेमतोमा खाद्यवस्तुको मुल्य अहिले २५ प्रतिशतसम्मले बद्धि गरिएको छ ।
हाल व्यापारीहरुले लिखित एमएरपीभन्दा बढी मुल्य लिएर ग्राहकलाई खाद्यवस्तु बिक्रि गरिरहेका छन् । उक्त विषयमा ग्राहकहरुले सोद्धा डिलरबाटनै यसपटक सामान महगोमा आएको व्यापारीले बताउने गरेका छन् । त्यस्तै डिलरले उद्योगबाटै खाद्यवस्तु महगोमा आएको बाहान गर्ने गरेका छन् ।
पिठो, चिनि, चामल, दाल लगाएतका दैनिक उपोभोग्य खाघवस्तुको अहिले ह्वातै मुल्य बढेको छ । प्याकेटमा लेखिएको मुल्यभन्दा २५ प्रतिशतसम्म बढी मुल्य लिएर अहिले व्यापारीहरुले समान बच्ने गरेका छन् ।
मोरङको लोकल बजारमा लकडाउनभन्दा अघि ६२ रुपैयाँ प्रति केजीमा पाइदै गरेको चिनि अहिले ह्वातै बढेर ७२ रुपैयाँ पुगेको छ । त्यस्तै स्वादेशी चामल तथा पिठो उत्पादकहरुले १२ देखि १५ प्रतिशतसम्म उत्पादनमा मुल्य विद्धि गरेका छन् । तेल उत्पादकहरुले पनि प्रति कार्टुन १ सय देखि डेढ सयसम्म मुल्य बढाएको बुझिएको छ ।
आर्थिक विषयमा लामो समयदेखि कलम चलाउदै आएका मोरङका पत्रकार शंकर लुईटेलले अहिलेको परिस्थितीलाई टिप्पणी गर्दै जिल्लामा कालोबजारीको पराकाष्ठा नाघेको बताएका छन् । सरकार र प्रशासनको ध्यान कोरोना र लकडाउनमा केन्द्रित भएकाले बजारमा हुने चलखेलको बारे पत्तो नपाएको लुइटेलको भनाई छ ।
प्रधानमन्त्रीे केपी ओलीले लकडाउन घोषणा गर्ने क्रममा यस कठिन परिस्थितीमा कालोबाजारी गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने बताएका थिए । तर केन्द्र सरकारको प्रतिनिधित्व गर्दै जिल्लामा बसेका सिडिओ साहेबहरु कालोबजारी बारे बेखवर भईदिदा जिल्लामा कालोबजारी गर्नेहरुलाई आफ्नो गोरखधन्धा चलाउन सजिलो भएको छ ।
कुननः कालोबजारीलाई दण्डित गर्ने अधिकारी पनि सिडिओलाई नै हुन्छ । हाल मदन भुजेल मोरङका सिडिओ छन् । करिब दश दिन अघि ११ हजार थान बढी मास्क र ठुलो मात्रामा सेनिटाइजर लुकाउने विराटनगरको व्यापारी राजेश अग्रावललाई अहिलेसम्म सिडियो भुजेलले दण्डित गरेका छैनन् । लुकाएर राखेको मास्कसहित पक्राउ परेका कालोबजारी अग्रवाललाई पक्राउ परेकै दिन तरिकमा छोडियो । के प्र.म. ओलीले भनेको “कडाभन्दा कडा कारवाही यही हो त ?” यस्तो जटिल परिस्थितीमा कालोबजारी गर्नेलाई प्रशासनले जेल कोच्न सक्नु पर्यो नि !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

सुनसरी, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]